Official trade website of Nepal Tourism Board
Nepal Tourism Board > Press Release > चाडपर्व फोटो प्रतियोगिता

चाडपर्व फोटो प्रतियोगिताWednesday, September 16th, 2020

नेपाल पर्यटन बोर्ड

प्रेस बिज्ञप्ती

२०७७ भाद्र ३१

 

नेपाल पर्यटन बोर्डद्वारा फोटो प्रतियोगिताको आयोजना

चाडपर्वको समयमा बिगतका दिनहरुमा जस्तो आत्मियहरुसँग समय बिताउन नपाएको क्षणमा पनि केही सकारात्मकता र केही सृजनशीलता समृश्रण गराई चाडपर्वको रौनक अनूभुत गराउने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले चाडपर्व फोटो प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा नेपालको कुनै पनि चाड वा गतिविधि वा  केही पनि सान्दर्भिक तस्बिरहरु अनलाइनबाट पठाउन सकिनेछ ।

सहभागीहरुले आगामी मंसिर १० सम्म फोटोहरु पठाइसक्नुपर्नेछ । नेपाल पर्यटन बोर्डको फोटो अभियानको साइट https://photonepal.travel मार्फत प्रतियोगितामा सहभागी हुन सकिनेछ । उत्कृष्ट पाँच सहभागीहरुले जनही दश हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले ‘विगतका फोटो प्रतियोगिताहरुमा देखिएको उत्साहजनक सहभागिताका कारण यसपटकको फोटो प्रतियोगितालाई फोटो सिरिज प्रतियोगिताका रुपमा गरिएको’ बताउनुभयो । सहभागी हुन प्रत्येक सहभागीले कम्तिमा सातवटा भिन्नाभिन्नै फोटोहरु पठाउन पर्नेछ । यसले नेपाली चाडपर्वको विराटतालाई अनुभूत गराई फोटो मार्फत देशको पर्यटन प्रवद्र्धन गर्ने साझा अभियानलाई बृहत बनाउने अपेक्षा गरिएको छ ।

नेपाल पर्यटन बोर्डले चार वर्षअघि देखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नियमित ह्यास फोटोनेपाल फोटो प्रदर्शनी गर्दै आएको थियो । फोटो नेपाल फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनीसँगै सुरु भएको थियो । बोर्डको यो प्रयासले नियमित अभियानको रुप लिँदा देश चिनाउने फोटो प्रदर्शनी चार वर्षदेखि निरन्तर रुपमा भइरहेको छ । यस अभियानलाई अझ ब्यापक बनाउन फोटोनेपाल डट ट्राभल सुरु गरिएको हो । हाल यसमा ११ हजार बढी सदस्यहरुका २५ हजार फोटोहरु संग्रहित छन् । इच्छुक कोहीले सोसियल एकाउन्टबाट रजिष्टर हुन सक्ने र प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।

सहभागीता सम्बन्धमा जानकारी https://photonepal.travel/blog/nepalifestival-photoseries-contest लिङ्क मा रहेको छ । 

 

Please follow and like us: