नेपाल पर्यटन बोर्डले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेलाई स्वागत गरेको छSunday, December 26th, 2021
नेपाल पर्यटन बोर्डले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेलाई स्वागत गरेको छ । पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोर्डका उपाध्यक्ष चन्द्र रिजाल र बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले स्वागत गर्नुभएको थियो । स्वागत कार्यक्रममा मन्त्रालयका सचिव महेश्वर न्यौपानले कोभिडको कारण थला परेको पर्यटनलाई माथि उठाउनु नै अहिलेको प्रमुख चुनौती रहेको बताउँदै अवस्था हेरर पर्यटनका नयाँ रणनीति तय गर्नु पर्ने बताउनु भयो । ‘अहिले कोभिडको कारण विश्वकै पर्यटन समस्यामा छ । यस्तै पछिल्लो पटक देखिएको ओमिक्रोनको नयाँ भेरियन्टले थप चुनौती थपेको छ । यसका बावजुद पनि हामीले नेपाललाई सुरक्षित गनत्वयका रुपमा विकास गर्न स्वास्थ्य सुरक्षा सर्तकता अपनाउँदै पर्यटकीय गतिविधि गर्न आवश्यक छ ।’ उहाँले भन्नुभयो । यस्तै उहाँले कर्मचारीको वृत्ति विकासका लागि मन्त्रालय र आफु सधै सकारात्मक रहेको बताउँदै पर्यटन प्रर्वद्धनका लागि नयाँ सोच र जागरका साथ काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
बोर्डका उपाध्यक्ष चन्द्र रिजालले अहिले पर्यटन उद्योग समस्याबाट गुज्रिएको अवस्थामा सरकारले यसलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याउन आग्रह गर्नु भयो । ‘अहिले पर्यटनमा कोभिडले ठूलो चुनौती थपिदिएको छ । सिमित साधन स्रोतका बीच धेरै काम गर्र्नु पर्ने छ । यद्यपी बोर्डले पर्यटन बुझेको सचिव पाएको छ । उहाँ पहिले पनि पर्यटन बोर्डको अध्यक्षका रुपमा काम गरिसकेकोले बोर्डले नयाँ काम गर्दा वा समस्यामा परेको समयमा सहित दिशा निर्देश हुन्छ भन्ने विश्वास छ । ’ उहाँले भन्नु भयो ।
यस्तै बोर्डका बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले कोभिडको समस्याका बीच बोर्डले पर्यटनलाई चलायमान बनाउन विभिन्न प्रयास गरिरहेको जानकारी दिँदै आन्तरिक तथा बाह्य पर्यटनलाई चलायमान बनाउन विभिन्न गतिविधि आयोजना भएरहको बताउनु भयो । कार्यक्रममा बोर्डका प्रबन्धक सुमन घिमिरेले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने पर्यटन बोर्ड कर्मचारी युनियनका अध्यक्ष गोपाल भण्डारीले कर्मचारीका हकहित र पर्यटन प्रर्वद्धनका लागि बोर्ड र कर्मचारीले गर्न पर्ने कामबारे आफ्नो धारणा राख्नु भएको थियो ।
Download
Photos / Maps / Brochure ...- • CustomGallery
- • Visa Recommendation
- • Protocol
- • NTB bylaws and procedure
- • Enlistment Files
- • Placemat Designs
- • COVID-19 Safety & Hygiene Protocol for Tourism Industry
- • Forms
- • Curriculum & References
- • Booklets / Brochures
- • Logo
- • Map
- • Mountaineering in Nepal
- • Multimedia
- • Nepal Tourism Statistics
- • NTB Budget
- • Photos
- • Presentation / Documentaries / Montage