Official trade website of Nepal Tourism Board
Nepal Tourism Board > Press Release > नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमबीच नेपालको पर्यटन प्रबद्र्धनका सहकार्य लागि सम्झौता

नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमबीच नेपालको पर्यटन प्रबद्र्धनका सहकार्य लागि सम्झौताSunday, October 18th, 2020

नेपाल पर्यटन बोर्ड

प्रेस विज्ञप्ति

२०७७/७/२

 

आज मिति २०७७ कार्तिक २ (अक्टोबर १८, २०२०) गतेका दिन नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमबीच नेपालको पर्यटन प्रबद्र्धनका विभिन्न पक्षहरूका सम्बन्धमा सहकार्य गर्ने गरी सम्झौता भएको छ । यो सम्झौताले अन्तर्राष्ट्रिय रुपमा आयोजना हुने संयुक्त प्रबर्धनात्मक कार्य, परिचयात्मक भ्रमण, ब्रान्डिङ, नेपालमा आयोजना गरिने अन्तर्राष्ट्रिय स्तरका पर्यटन सम्बन्धित कार्यक्रमहरु जस्ता विभिन्न क्षेत्रहरुमा सहकार्य गर्ने कुरा सुनिश्चित गरेको छ ।

नेपाललाई अन्तर्राष्ट्रिय बजारमा एक प्रमुख आकर्षक पर्यटकीय गन्तव्यको रुपमा प्रबर्धन गर्ने उद्देश्यले सार्वजनिक निजी साझेदारीको अवधारणामा गठित नेपाल पर्यटन बोर्ड र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम बिच भएको यस सम्झौताले हाल कोभिड–१९ को महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्रलाई प्रबद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले कोभिड–१९ को महामारीवाट सिर्जित वर्तमान संकटको विचमा यस प्रकारको सहकार्यले दुई संस्था विचको बहुआयामिक सम्बन्ध थप मजवुत हुदै जाने र यो संकटसंग लड्नको लागि थप उर्जा र शक्ति प्राप्त भएको बताउनु भयो ।  उहाँले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी रुपमा प्रबर्धन गर्न यो सम्झौता कोशेढुङ्गा सावित हुने समेत उल्लेख गर्नु भयो ।

सम्झौतापत्रमा नेपाल पर्यटन बोर्डका तर्फबाट कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी र नेपाल वायुसेवा निगम महाप्रबन्धक श्री डीमप्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको छ ।

 

 

Please follow and like us: