Official trade website of Nepal Tourism Board
Nepal Tourism Board > Updates > Situation Updates > आन्तरिक तथा सीमा पर्यटन प्रर्वद्धनका लागि आन्तरिक ट्रावल मार्ट नेपालगञ्जपछि धरानमा मार्ट आयोजना हँुदै

आन्तरिक तथा सीमा पर्यटन प्रर्वद्धनका लागि आन्तरिक ट्रावल मार्ट नेपालगञ्जपछि धरानमा मार्ट आयोजना हँुदैWednesday, March 23rd, 2022

आन्तरिक तथा बर्डर सीमा क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि नेपाल पर्यटन बोर्डले ( बर्डर टुरिजम ) देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिजम मार्ट शुरु गरेको छ । यसैक्रममा पर्यटन बोर्डले २०७८ चैत्र ११ देखि १३ गतेसम्म प्रदेश नम्बर १ को धरानमा इस्टर्न टावल मार्ट आयोजना गर्ने भएको छ । पर्यटन बोर्डमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि बोर्डले मार्टको आयोजना गरिरहेको जानकारी दिनुभयो । नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीहरूको व्यवसायिक गतिविधिहरुको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरहरूसँग व्यवसायिक सम्बन्ध स्थापितगर्न प्रत्येक प्रदेशमा ‘प्रादेशिक ट्राभल मार्ट‘ को आयोजना गर्ने नेपाल पर्यटन बोर्डको चालु आ.व. २०७८÷०७९ को नीति तथा कार्यक्रम अनुरुप यी कार्यक्रमहरु सञ्चालन गरिएको कार्यकारी प्रमुख डा. रेग्मीले बताउनु भयो ।

यसै सन्दर्भमा नेपालगञ्ज, बर्दिया र कर्णाली प्रदेशको पर्यटन गतिविधिहरुको प्रवद्र्धन गर्ने उद्देश्यका साथबोर्ड र नेपालगञ्ज उपमहानरपालिकाको आयोजनामा नेपालगञ्जमायही २०७८ फाल्गुन २६, २७ र २८ गते Western Travel Mart सम्पन्न भएको छ । यस मार्टमा नेपालगञ्जशहरलाई Gateway of Karnali को रुपमा प्रवद्र्धन गरिएको थियो । त्यसैगरी धरान उपमहानगरपालिकासँगको सहकार्यमा प्रदेश नं. १ को धरानमा यही २०७८ चैत्र ११, १२ र १३ गते (तद्नुसार २५–२७, मार्च २०२२) ईष्ट टुरिजम मार्ट र धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा सुदूरपश्चिम प्रदेशको धनगढीमा यही २०७८ चैत्र २५, २६ र २७ गते (तद्नुसार ८–१०, अप्रिल २०२२) मा फारवेष्ट ट्राभल मार्ट २०२२ आयोजना गर्न लागिएको पर्यटन बोर्डले जानकारी दिएको छ ।

प्रदेश नं. १ को समग्र पर्यटन गतिविधि तथा गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रचार प्रचार गर्ने उदेश्यका साथ धरानमा यो मार्ट आयोजना हुन गईरहको ईष्ट टुरिजम मार्टका संयोजक भवेषकुमार श्रेष्ठले जानकारी दिनुभयो । धरानमा सन् २०१८ देखि नै मार्ट आयोजना हुदै आइरहेकोमा ईष्ट टुरिजम मार्ट २०२२ यसको तेस्रो संस्करण भएको उहाँले जानकारी दिनुभयो । यी मार्टहरुमा सिमावर्ती भारतीय शहरका टुर अपरेटरहरुलाई Buyer को रुपमा सहभागी गराई नेपालका टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवाप्रदायकहरु बीच यस क्षेत्रका टुर प्याकेजहरु बिक्रीप्रवद्र्धन गर्ने विषयमा व्यवसायिक अन्तरक्रिया हुनेछ । यसैगरी चैत्र २५, २६ र २७गते धनगढीमा आयोजना गर्न लागिएको फारवेष्ट ट्राभल मार्ट २०२२ मा Beautiful Farwest : Sukla to ApiSaipal को ब्राडिंङ गरि सुदूरपश्चिमको प्रवद्र्धन गरिने बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले जानकारी दिनुभयो । यी मार्टहरुमा नाट्टाका प्रदेशस्तरीय च्याप्टरहरुका साथै स्थानीय पर्यटन सम्बद्ध संस्थाहरुको सक्रिय सहभागिता रहेकोछ । आन्तरिक पर्यटन प्रवद्र्धनकालागि सातै प्रदेशका पर्यटकीय आकर्षणहरु झल्किने पेभिलियन निर्माण गरी प्रदेशका पर्यटन व्यवसायी प्रतिनिधिहरु बीच टुर प्याकेजहरुको आदानप्रदान हुने वरिष्ठ निर्देशक ऐरले जानकारी दिनुभयो । यी मार्टहरुमा टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरुले आकर्षक स्टलहरुका साथ प्याकेजहरुको प्रवद्र्धन गर्नेछन् । स्थानीय साँस्कृतिक झाँकी, साँस्कृतिक प्रस्तुति र फुड स्टलहरु मार्टको आकर्षणका रुपमा रहेका छन् ।

Please follow and like us: