Official trade website of Nepal Tourism Board
Nepal Tourism Board > Updates > Situation Updates > लुम्बिनीको पर्यटन विकासमा प्रदेश सरकार बोर्ड बीच सहकार्य

लुम्बिनीको पर्यटन विकासमा प्रदेश सरकार बोर्ड बीच सहकार्यWednesday, September 22nd, 2021

लुम्बिनी क्षेत्रको समग्र पर्यटन विकासका विषयमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसी, पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरी,लुम्बिनी प्रदेश योजना आयोगका  उपाध्यक्ष वामदेव क्षेत्री र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी बीच गत बिहीबार रुपन्देहीमा छलफल सम्पन्न भएको छ । सो छलफल प्रदेश सरकार र बोर्डले लुम्बिनी क्षेत्रको पर्यटन विकासका लागि सहकार्य गरेर अघि बढ्ने विषयमा केन्द्रीत थियो ।

सो क्रममा मुख्यमन्त्री केसीले लुम्बिनीको पर्यटन विकासका लागि प्रदेश सरकारले बोर्डसँग समन्वय गरेर काम गर्ने बताउनु भयो । यस्तै उहाँले लुम्बिनीको ब्राण्डिङका लािग बोर्डले गरेको कार्यको सहराहना गर्दै पर्यटन विकासको लागि प्रदेश सरकारले पनि पर्याप्त ध्यान दिने बताउनु भयो । यस्तै पर्यटन ग्रामिण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले लुम्बिनी क्षेत्रको पर्यटन विकासमा बोर्डसँगको सहकार्य अपरिहार्य रहको उल्लेख गर्दै सहकार्यलाई निरन्तरता दिने बताउनु भयो ।

यस्तै बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालको पर्यटनलाई विविधिकिरण गर्दै जानुपर्नेमा जोड दिनुभयो । उहाँले भइरहेका गन्तव्यको प्रर्वद्धन तथा तथा नयाँ गन्तव्यको विकास गदै जानु पर्ने बताउँदै बोर्डले सोही अवधारणा अनुरुप काम गरिरहेको बताउनु भयो । यस्तै उहाँले पुराना गन्तव्यको ब्राण्डिङ आवश्यक भएको भन्दै बोर्डले त्यसको शुरुवात पनि लुम्बिनीबाटै गरेको बताउनु भयो । लुम्बिनीको कला, संस्कृति र विविधताको संयोजन गरेर बोर्डले बोर्डले गत वर्ष फागुनमा गौतमबुद्धको जन्मस्थल लुम्बिनीको ब्राण्डिङ गरेको थियो ।

Please follow and like us: