Official trade website of Nepal Tourism Board
Nepal Tourism Board > Updates > Situation Updates > हिमाल सरसफाई व्यवस्थापनका लागि नेपालमा अन्तरराष्ट्रिय सम्मेलन हुने

हिमाल सरसफाई व्यवस्थापनका लागि नेपालमा अन्तरराष्ट्रिय सम्मेलन हुनेTuesday, November 30th, 2021

नेपालको पर्वतीय क्षेत्र तथा उच्च हिमाली क्षेत्रमा रहेको फोहरको दिगो व्यवस्थापनका लागि अन्तराष्ट्रिय मार्गनिर्देशन बनाउने गरी जुन महीनामा नेपालमा अन्तरराष्ट्रिय सम्मेलन हुने भएको छ । उक्त कार्यक्रममा हिमालय क्षेत्रका काम गरेको विभिन्न वैज्ञानिक,इन्जिनियर,वातावरण विज्ञ,डाक्टर लगायतको सहभागिता रहने भएको छ । यो सबै कामको माडालिटी तय गर्नका लागि बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र स्पेशिनस कम्पनी द नेभररेस्ट प्रोजेक्टका प्रोजेक्ट डाइरेक्ट फेडरिक काउफमेन (Fredric Cauffaman) ले हस्ताक्षर गर्नु भएको छ ।

सम्मेलनमा नेपालका हिमालहरुमा यस अघि नेपाली सेनाले गर्दै आएको हिमाल सरसरफाई सम्बन्धि तथ्याङ्कको अध्ययन तथा विश्लेषण गरिनुका साथै विश्वका अन्य देशका पर्वतीय क्षेत्र तथा उच्च हिमाली क्षेत्रमा रहेको फोहरको दिगो व्यवस्थापनमा भएका मोडालिटीहरुको अध्ययन गरी विश्वभरी नै पर्वतीय क्षेत्र तथा उच्च हिमाली क्षेत्रमा हुने फोहर व्यवस्थापन तथा सरसफाइएको मापदण्ड बनाइने बोर्डका बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा.धनन्जय रेग्मीले जानकारी दिनुभयो । यसबाट हिमालको दीगो व्यवस्थापन गर्दै भावी पुस्तालाई स्वच्छ हिमाल हस्नात्तरण गर्न सकिने र विश्व समुदायमा हिमालको महत्व,हिमाल आरोहण गर्दा फोहर व्यवस्थानका अरु विषयमा साझा धारणा तय हुने समेत उहाँले बताउनु भयो ।

पञ्जावमा नेपाल प्रर्वद्धन गरिने

यसैबीच नेपाल पर्यटन बोर्डले भारतको पञ्जावमा नेपालमा पर्यटन प्रर्वद्धन गर्नका लागि नेपालमा रहको शिख समुदायसँग छलफल गरेको छ । बोर्डले नेपालमा पहिलो पटक बस ट्रक भित्र्याएका पञ्जावमका प्रितमसिंह सहित यहाँ रहेका शिख समुदायका अगुवाहरुसँग पञ्जाबमा नेपाल प्रर्वद्धनकालागि छलफल गरेको बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा.धनन्जय रेग्मीले जानकारी दिनुभयो । त्यसको लागि समुदायसँगको सहकार्यमा नेपालमा रहेका गुरु नानकमा मन्दिर (गुरुद्धारा) हरुको समेत अध्ययन गरी नेपाल र पञ्जावबीच पर्यटन प्रर्वद्धनको कार्यक्रम तय गरिने उहाँले बताउनु भयो । नेपालमा आउने पर्यटक मध्ये सबैभन्दा बढि पर्यटक आउने मुलुक भारत रहेको र त्यसमा पनि औद्योगिक विकासमा अघि बढेको पञ्जावमा नेपालको प्रर्वद्धन गर्न सके सो षेत्रबाट थप पर्यटक ल्याउन सकिने बोर्डले आकंलन छ ।

Please follow and like us: