NTB Welcomes & Felicitates International Celebrity Chef Mr. Santosh ShahWednesday, March 3rd, 2021
नेपाल पर्यटन बोर्ड
भृकुटीमण्डप,काठमाण्डौं
प्रेस विज्ञप्ति
फागुन १८, काठमाडौँ
‘बीबीसी मास्टर सेफ प्रोफेसनल सिरिज–२०२०’ का उपविजेता सन्तोष साहलाई स्वागत तथा सम्मान
नेपाल पर्यटन बोर्डले मिति २०७७ फागुन १८ गते ‘बीबीसी मास्टर सेफ प्रोफेसनल सिरिज–२०२०’ का उपविजेता सन्तोष साहलाई स्वागत तथा सम्मान गरेको छ । पर्यटन बोर्डमा आयोजित कार्यक्रममा उहाँलाई संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव एवम पर्यटन बोर्डका अध्यक्ष यादवप्रसाद कोईराला र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले प्रमाणपत्र तथा खादा ओढाएर सम्मान गर्नु भयो ।
सम्मान ग्रहण गर्दै सेफ साहले नेपालमा पर्यटनको अपार सम्भावना रहेको र ती सम्भावनाहरुको उजागर गर्न सके नेपालमा समृद्धि ल्याउन धेरै समय कुर्नु नपर्ने बताउनु भयो । उहाँले कुनै पनि काम आफैमा सानो ठूलो नहुने बताउँदै उहाँले कामको सम्मान र सोही अनुरुपको वातावरण तयार हुनुपर्ने धारणा राख्नुभयो । साहले आफुले मास्टर सेफमा गएर नेपाली खानामात्र नभई नेपाली भावना समेत पस्केको र यसले नेपाल हिमाल पहाड र तराइको एकता र सद्भावालाई प्रतिनिधित्व गरेको बताउनु भयो ।
कार्यक्रममा पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव एवम पर्यटन बोर्डका अध्यक्ष यादवप्रसाद कोईरालाले सेफ साहले प्रतियोगिताका माध्यममबाट नेपाली खानाका विभिन्न परिकार प्रस्तुत गरेर नेपाल र नेपालीको पहिचानलाई विश्वभर नयाँ उचाई दिएको बताउनु भयो । सचिव कोईरालाले नेपाली खाना राम्रो भएपनि यसको उचित प्रर्वद्धन गर्न नसक्दा यसबाट फाइदा लिन नसकिएकोले नेपाली खानाको स्वस्च्छता कायम गर्दै यसको ब्रानिण्डङमा ध्यान दिनु पनमा जोड दिनुभयो ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले नेपालमा प्रकृति,संस्कृतीका साथै पकवान पर्यटनको पनि उल्लेख्य सम्भावना रहेको बताउनु भयो । उहाँले सेफ साहले नेपाली खानाको महत्वलाई संसारभर पु¥याएर यसको महत्व र व्यवसायिक सम्भावनालाई थप उजागर गरिदिएको धारणा राख्नु भयो । उहाँले नेपाललमा एक सय भन्दा बढि जातजातिका खानाका परिकार रहकोले त्यसलाई प्रर्वद्धन गर्न सके पर्यटनको नयाँ प्रडक्ट बन्ने समते बताउनु भयो ।
होटल संघ नेपाल हानका अध्यक्ष सिर्जना राणाले नेपाली खानालाई अन्तरराष्ट्रियकरण गर्न सेफ साहको महत्वपूर्ण योगदान रहेको बताउनु भयो । उहाँले आफुहरु पनि नेपाली खानाको प्रर्वद्धनका लागि प्रयासरत रहको धारणा राख्नुभयो । पर्यटन बोर्डका सूचना अधिकारी मणिराज लामिछानेले पर्यटन बोर्डले नेपालमा भएका करिब २ सय खानाहरुको छनोटबाट केही खानाहरुलाई सिग्नेचर डिसका रुपमा अगाडि ल्याउने काम गरेको बताउँदै सन्तोष साहको कामले यस अभियानलाई थप बल पुग्ने बताउनु भयो ।
‘बीबीसी मास्टरशेफका उपविजेता बनेका साहलाई हान, तथा रेष्टेरेण्ट एण्ड बार एशोसिएसन रेवान लगायतका संस्थाहरुले पनि सोही अवसरमा सम्मान गरेका थिए । साहले मास्टर सेफ प्रतियोगिताभर नेपाली खानाका विभिन्न परिकार प्रस्तुत गरेर निर्णायकहरुलाई आकर्षित गर्न सफल हँुदै सिजनको उपविजेतन बन्नु भएको थियो । विश्वकै महत्वपूर्ण मानिने उक्त प्रतियोगिताको माध्यमबाट सेफ साहले नेपाल र नेपालीको पहिचानलाई विश्व समुदायमा पु¥याउन उल्लेख्य भूमिका खेलेकोले बोर्डले उहाँलाई सम्मान गरेको हो । सेफ साहले कोदोको खीर, नेपाली गुन्द्रुक, साँधेको भट्टमासलगायतका नेपाली परिकार पस्केर निर्यायकको ध्यान आर्कषण गर्नुभएको थियो । सिरहा जिल्लाको कारजन्हामा जन्मिएका साह दश वर्षदेखि बेलायतमा बस्दै आउनु भएको छ । साहले मौलिक नेवारी परिकार ’योमरी’ सहित प्याजको अचार, स्याउको चटनी, रोस्टेड काँक्रोको वियाँ, तरुलको खाना,बेथेको साग, तामाको अचार, भेडाको मासु, सिस्नु र आलुको तरकारी, भाङ्गको चट्नी, मकैको रोटी लगायतका नेपाली खानाका परिकारहरु पस्कनु भएको थियो । बीबीसी मास्टर सेफमा सहभागि हुने साह पहिलो नेपाली सेफ हुनुहुन्छ ।
Nepal Tourism Board
News Release
March 2, 2021
Nepal Tourism Board held a program to welcome and felicitate International Celebrity Chef Mr. Santosh Shah – Finalist of the BBC MasterChef UK: The Professionals, 2020 edition, in recognition and appreciation of his contribution for the promotion of Nepal through showcasing Nepal’s heritage cuisine to the world during the popular culinary show.
Felicitating celebrity chef Mr. Shah, Secretary of the Ministry of Culture, Tourism and Civil Aviation and Chairman of NTB Mr. Yadav Prasad Koirala appreciated the role played by Mr. Shah in promoting the authentic cuisines of Nepal via the popular culinary show and, thereby, introducing Nepal as a destination for gastronomy tourism in international arena.
Lauding the role of Mr. Shah in playing the key role in globalizing Nepali Heritage Cuisine, CEO of NTB Dr. Dhananjay Regmi presented to the audience the role played by local cuisine in tourism, chalking out prospects and opportunities of gastronomy tourism in Nepal. CEO Dr. Regmi highlighted the initiatives taken by NTB in coordination with the private sector to promote Nepal’s Heritage Cuisine in the past. “The importance of gastronomy as it allows the tourists to appreciate the cultural and historical heritage of destinations in a more experiential and personal way, and Nepal too has been trying to create its place as a destination for food lovers across the world,” he said.
Upon being felicitated by the NTB, Mr. Shah expressed appreciation and added his effort would always be directed towards innovation and creativity while serving Nepali food to create a high place for Nepal Heritage Cuisines among food connoisseurs around the world. He further added that the food industry being an integral part of the tourism sector should play a vital role by catering quality and hygienic food in hotels and restaurants so that tourists who visit Nepal can take back their wonderful experiences and memories without any health and hygiene complains.
He urged the youths involved in culinary industry to work with full dedication and commitment and contribute in the best possible manner for the development of tourism and hospitality so that the industry can support for the building of New Nepal.
Representing the private sector tourism industry of Nepal, President of Hotel Association of Nepal (HAN) Ms. Shreejana Rana congratulated Mr. Shah for his outstanding performance and appreciated his role of bringing people together via food. Similarly, NTB Director Mr. Mani Lamichhane praised the role of Mr. Shah in succeeding in Globalization of Nepal’s Heritage Cuisine with his masterstroke, something that NTB and the industry had been persistent about for many years.
The data shows that over 100 percent of the tourists who travel to the places enjoy dining out and the local cuisine plays an important role while choosing the destinations by the travellers. The program was participated in by representatives from the Government, NTB Board Members, Tourism Association Presidents, Chef Association Members, representatives from the private sector and media, and NTB officials. The program was followed by tea and refreshments where Nepali food like Yomari, Bara, Kukhura Sandeko, Mustang Aloo were served.
Download
Photos / Maps / Brochure ...- • CustomGallery
- • Visa Recommendation
- • Protocol
- • NTB bylaws and procedure
- • Enlistment Files
- • Placemat Designs
- • COVID-19 Safety & Hygiene Protocol for Tourism Industry
- • Forms
- • Curriculum & References
- • Booklets / Brochures
- • Logo
- • Map
- • Mountaineering in Nepal
- • Multimedia
- • Nepal Tourism Statistics
- • NTB Budget
- • Photos
- • Presentation / Documentaries / Montage