Official trade website of Nepal Tourism Board
Nepal Tourism Board > Press Release > NTB conducts virtual meet with Provinces Karnali and Sudur Paschim tourism partners to consolidate recovery efforts

NTB conducts virtual meet with Provinces Karnali and Sudur Paschim tourism partners to consolidate recovery effortsTuesday, May 5th, 2020

नेपाल पर्यटन बोर्ड र कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पर्यटन व्यवसायीबीच COVID-19 को संकटमा समसामयिक बिषयमा भएको Online छलफल कार्यक्रम सम्पन्न

२३ बैशाख २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको Coronavirus (COVID-19) ले नेपालको पर्यटन क्षेत्रमा पु¥याएको क्षति र उक्त क्षतिलाई कसरी न्युनिकरण गर्न सकिन्छ र आगामी दिनमा नेपालको पर्यटन क्षेत्रलाई उकास्न के गर्न सकिन्छ भन्ने बिषयमा नेपालका सबै प्रदेशका व्यवसायीहरुसंग छलफल गर्ने क्रममा आज नेपाल पर्यटन बोर्ड र कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पर्यटन व्यवसायीकाबीच एक अनलाईन छलफल कार्यक्रमको आयोजना सम्पन्न भयो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीज्यूद्धारा सहभागी व्यवसायीहरुलाई बोर्डले गरेको ६० देशका विदेशी पर्यटकहरुको उद्धार, हालको COVID संकटमा सम्पूर्ण पर्यटन व्यवसायीहरुको अवस्थाको अध्ययन, पर्यटन क्षेत्रको लगानी, रोजगारी र हालको घाटाको सर्भे तथा तथ्याङ्क संकलन, व्यवसायीहरुको परामर्शमा सरकारसंग व्यवसायिक Survival/Relief प्याकेजको लागि गरिएको पहल, सरकारसंग २० अर्वको राहत प्याकेजको माग, बोर्डले पर्यटन क्षेत्रका कामदारहरुलाई राहतको लागि रोजगारी श्रृजना गर्ने सम्बन्धि योजना, पर्यटन सेवा संञ्चालनको लागि Health, Hygiene and Safety सम्बन्धि protocol निर्माण, व्यवसाय पून संञ्चालन सम्बन्धि योजना, कर्मचारीहरुलाई तलवी पर्यटन विदा सम्बन्धि योजना, हाल पर्यटन व्यवसायको अस्थित्व जोगाउन आन्तरिक पर्यटन प्रर्वद्धनको लागि lobbying र राष्ट्रिय स्तरको सहमति र भारतीय बजारमा पर्यटन प्रर्वद्धन सम्बन्धि योजना, नेपालको पर्यटन क्षेत्रको Revival र / Recovery Strategy को लागि भएको छलफल र प्रयास, बोर्डको सातै प्रदेशमा कार्यालय स्थापना र उपस्थिती हुने, सुदूर पश्चिम र कर्णाली प्रदेशको प्रचुर पर्यटकीय आकर्षण र सम्भावना र यसलाई उचित प्रर्वद्धन गर्ने बोर्डको प्राथमिकताको बारेमा उल्लेख गर्नु भएको थियो ।

कर्णाली र सुदूर पश्चिमका पर्यटन व्यवसायी सहभागिहरुले पर्यटन क्षेत्रलाईृ संकटग्रस्त क्षेत्र घोषणा गरी नेपाल सरकारबाट पर्यटन उद्योगलाई राहत तथा survival प्याकेज दिनु पर्ने, बैंकको ब्याजदर घटाउनु पर्ने, ऋणको पुर्नर्ता्लिकिकरण गरिनुपर्ने, पूर्णकर्जाको व्यवस्था, होटलले तिनुपर्ने बिद्युतको डिमाण्ड चार्जमा छुट दिनुपर्ने, भाडामा संञ्चालन व्यवसायीको भाडामा ५० प्रतिशत सम्म छुट हुने व्यवस्था मिलाउने, व्यवसाय बन्द अवधिभर Utility charge मा मिनाहा, कर्मचारीको तलव र retention मा सहयोग गर्नु पर्ने, कर्णाली र सुदर पश्चिमको पर्यटन क्षेत्रलाई मूल प्रवाहिकरण र प्राथमिकतामा राख्नु पर्ने, सरकारी स्तरका विभिन्न सेमिनार, गोष्टि, तालिम तथा अन्य कार्यक्रमहरु कर्णाली तथा सुदूर पश्चिमका गन्तव्य स्थलहरुमा आयोजना गर्नु पर्ने, कर्णाली र सुदूर पश्चिमका विशिष्ठ गन्तव्य स्थलहरुलाई हरेक बर्ष बार्षिक बजेट विनियोजन गरेर विकास गरिनु पर्ने, केन्द्र र स्थापित गन्तव्य स्थलका मात्र नभई स्थानीय स्तरका व्यवसायीहरुको लागि पनि विशेष राहत प्याकेज आउनु पर्ने, कर्णाली र सुदूर पश्चिममा पनि नेपाल पर्यटन बोर्डको शाखा कार्यालय खोलिनु पर्ने , सरकारले पर्यटन उद्योगलाई अन्य उद्योग सरह छुट र प्राथमिकता दिनु पर्ने, आन्तरिक पर्यटन प्रर्वद्धनमा विशेष जोड दिनु पर्ने, कर्णाली र सुदूर पश्चिमको लागि भारत नै प्रमुख बजार भएकोले भारतीय पर्यटकहरुलाई लक्षित गरी प्रर्बद्धन गर्नु पर्ने, नयाँ दिल्लीमा पनि नेपाल पर्यटन बोर्डको शाखा कार्यालय हुनु पर्ने , गड्डाचौकीमा बोर्डको प्रभावकारी सूचना केन्द्र तथा Tourist Service Center खोल्नु पर्ने, कर्णाली हुम्लालाई भारतीय पर्यटकहरुलाई कैलास मानसरोवरको प्रवेशद्धारको रुपमा बिशेष पूर्वाधार निर्माण गरी प्रर्वद्धन गरिनु पर्ने, चीनको mainland बाट कैलास मानसरोवर घुम्न आउने चिनिया पर्यटकलाई कर्णालीका अन्य गन्तव्य स्थलसम्म ल्याउने बातावरण मिलाउने, कर्णाली र सुदूर पश्चिमको आन्तरिक उडानको महंगो डलर हवाई भाडालाई न्यूनिकरण गर्नु पर्ने, कर्णाली र सुदूर पश्चिममा लगानी गर्ने लगानीकर्तालाई राज्यले विषेश सहुलियत दिनु पर्ने, कर्णालीका प्रमुख गन्तव्यस्थलहरुमा धनगढी  एयरपोर्टबाट पनि हवाई यातायात संञ्चालन हुनु पर्ने, पोखरालाई पश्चिम नेपालसंग सिधै हवाई यातायातले जोडनु पर्ने, अहिले lockdown कै समयमा Crisis पछिको Recovery Plan र Strategy तयार गर्नु पर्ने,   आदि जस्ता सुझावहरु प्राप्त भएका थिए ।

छलफल कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशकज्यूहरुले पनि आफ्ना धारणा राख्नु भएको थियो ।

NTB Conducts Virtual Meet With Provinces Karnali & Sudur Paschim Tourism Partners To Consolidate Recovery Efforts

May 5, 2020, Kathmandu

In an effort to keep communication on with the private sector tourism industry in the provinces and to consolidate all recovery efforts, Nepal Tourism Board (NTB) organized another virtual meeting with key tourism stakeholders from Karnali and Sudur Paschim provinces on May 5, 2020. Chief Executive Officer (CEO) of NTB Dr. Dhananjay Regmi chaired the meeting attended by representatives from the hotel and travel trade industry from both the provinces.

Private sector representatives from the provinces shared their views on the best ways to take the tourism of Karnali and Sudur Paschim forward post COVID 19. Suggestions were given regarding the position to be taken by NTB to support tourism during this period when tourism is one of the worst-hit business sectors. Similarly, inclusion in relief/ survival package was discussed with emphasis on decrease in loan interest / rescheduling of repayment, discount in rent/ utility charges, support in retention of employees etc. They also shared thoughts regarding revival and recovery of tourism in the aftermath of the crisis, suggesting focus on domestic tourism and promotion in India.

Tourism representatives from the region also requested NTB to prioritize and mainstream Karnali and Sudur Paschim tourism through steady budget, tangible plan and execution for long-term sustainable tourism development of the region. Ideas were forwarded regarding establishing NTB presence in the provinces, developing required infrastructure in key tourist areas like Humla to attract and facilitate Indian visitors to the region, promoting of Nepal through cross-border Karnali packages among Chinese tourists visiting Kailash Mansarovar, minimizing of airfare, facilitating optimum use of the province airports, and directly connecting Pokhara with West Nepal.

Similarly, NTB CEO Dr. Regmi updated the Karnali/ Sudur Paschim team regarding NTB’s rescue efforts in the crisis period, ongoing work with the private sector through series of meetings and online surveys through series of meetings for collection of data and feedback, for reviving of the tourism industry. He expressed optimism and committed support from NTB for tourism development of Karnali and Sudur Paschim provinces.

Please follow and like us: