Nepal Tourism Board and key tourism stakeholders discuss survival and revival of the tourism industryWednesday, November 25th, 2020
नेपाल पर्यटन बोर्ड
प्रेस बिज्ञप्ती
२०७७ मंसिर १०
पर्यटन पुनरुद्धार र पुनरुत्थानका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया
नेपाल पर्यटन बोर्डले मिति २०७७ मंसिर १० गते बोर्ड परिसरमा पर्यटनको पुनरुद्धार र पुनर्उत्थानका लागि एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । उक्त कार्यक्रममा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री यादवप्रसाद कोइराला र पर्यटनका छाता संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बोर्डले कोभिड १९ले पर्यटनमा पारेको असर सम्बोधन गर्न विगत र वर्तमानमा गरिरहेको कामहरुको प्रस्तूती गर्दै प्रभावकारी पुनरुद्धार र पुनर्उत्थानका लागि नीजि क्षेत्रको एकता र सहकार्यका लागि अनुरोध गर्नुभयो ।
नीजि क्षेत्रका सहभागीहरुले प्रभावकारी सञ्चार र समन्वयका साथ पर्यटनको गतिविधि खोल्नुपर्नेमा जोड दिए । पर्यटन उद्योगको पुनरुद्धार र पुनर्उत्थानका लागि स्वास्थ्य प्रोटोकोलको पालनाका निमित्त सहकार्य आवश्यक भएको पनि सहभागीहरुले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री यादवप्रसाद कोइरालाज्यूले यस संकटलाई पार गर्न कार्यतालिका बनाएर अघि बढ्नका लागि सहकार्य गर्न सबैमा अनुरोध गर्नुभयो । उक्त अवसरमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्र सुचारु गर्ने काममा ठोस कदमहरु बढिसकेको जानकारी गराउनहुँदै पर्यटन पुनरुद्धार र पुनर्उत्थानका लागि मन्त्रालयका तर्फबाट प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
Nepal Tourism Board
Press Release
25 November 2020
Nepal Tourism Board and key tourism stakeholders discuss survival and revival of the tourism industry
Nepal Tourism Board (NTB) held an interaction program to discuss survival and revival of the tourism industry with key tourism stakeholders including Minister for Culture, Tourism and Civil Aviation Mr. Yogesh Bhattarai, Secretary of MoCTCA Mr. Yadav Prasad Koirala, Association Heads, and Senior Tourism Professionals at NTB premises on Nov. 25, 2020.
CEO Dr. Dhananjay Regmi presented to the audience the steps taken by NTB, currently and in the recent past, to overcome the crisis caused by the global COVID-19 pandemic. He also called for a unified voice to move further with momentum towards tourism revival.
Representatives from the private sector requested for restart of tourism with clarity in communication and facilitation in entry protocol, for speedy recovery of the industry.
Secretary Mr. Koirala requested for joint effort with action plan to overcome the crisis. Meanwhile, Tourism Minister Mr. Bhattarai assured all that intense efforts are being made to open the country up for tourism and also expressed commitment for full support from the Ministry for sustenance and revival of the industry.
Download
Photos / Maps / Brochure ...- • CustomGallery
- • Visa Recommendation
- • Protocol
- • NTB bylaws and procedure
- • Enlistment Files
- • Placemat Designs
- • COVID-19 Safety & Hygiene Protocol for Tourism Industry
- • Forms
- • Curriculum & References
- • Booklets / Brochures
- • Logo
- • Map
- • Mountaineering in Nepal
- • Multimedia
- • Nepal Tourism Statistics
- • NTB Budget
- • Photos
- • Presentation / Documentaries / Montage