NTB Press Release (07-Sep-2020)Wednesday, September 9th, 2020
नेपाल पर्यटन बोर्ड
प्रेस विज्ञप्ति
२०७७ भाद्र २२
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९को महामारीले नेपालीको जनजीवन तहसनहस पारेको छ भने मूलुककै अर्थतन्त्र धरासायी हुने अवस्थामा पुगेको यथार्थ संग हामी जुधिरहेका छौं । देशको विदेशी मुद्रा आर्जनको भरपर्दो श्रोत एवं रोजगारी सृजना तथा सिंगो मुलुकको अर्थतन्त्रको भविष्यको वलियो आधारको रुपमा स्थापित हुँदै गरेको पर्यटन क्षेत्र यो महामारीको सबैभन्दा ठूलो शिकार बन्न पुगेको छ । गत बर्ष चैत्र ११ गते देखि लकडाउन शुरु भए यता पर्यटन क्षेत्रमा आश्रित लाखौं परिवारलाई विचल्ली बनाएको छ भने हजारौं व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेका छन् । यस्तो भयावह अवस्थामा सार्वजनिक निजि साझेदारीको अवधारणा अनुरुप स्थापित नेपाल पर्यटन बोर्ड वर्तमान् संकटको शुरुदेखि नै निजि क्षेत्रको नेतृत्व गर्नुका साथै सरकारसंग समन्वयको कार्य गरिरहेको यथार्थ संग सबै निजि क्षेत्र एवं पर्यटन क्षेत्रका सरोकारवालाहरुलाई पूर्ण रुपमा जानकारी छ ।
पर्यटन क्षेत्रमा भएको क्षतिको आंकडा तयार गरि सरकार एवं सम्बन्धित निकायहरुसंग सहकार्य तथा समन्वय गर्ने, Survival को प्याकेज तयार गरी सरकार समक्ष आग्रह गर्ने, लकडाउनको समयमा नेपालका विभिन्न जिल्लामा रहेका विदेशी पर्यटकहरुलाई उद्धार गरि सकुसल आ–आफ्नो देशमा फिर्ता पठाउने कार्य गर्ने, महामारीको विचमा पर्यटन क्षेत्रलाई सुरक्षाको सबै विधि अपनाई सञ्चालन गर्नको लागि Safety Protocol in Hospitality तयार गरी लागु गर्ने, सरकारको नीति तथा कार्यक्रम एवं बजेटमा व्यवस्था गरिएको आर्थिक प्याकेजहरुलाई नेपाल राष्ट्र बैंक लाई अनुरोध गरी पर्यटन व्यवसायीहरुको विचमा थप स्पष्ट पार्ने कार्य गर्ने, पर्यटन मजदूरहरुलाई अल्पकालिन भएपनि रोजगार सृजना गर्न अन्तर्राष्ट्रिय साझेदार संस्थासंग सहकार्य गर्ने जस्ता कार्यहरु नेपाल पर्यटन बोर्डले गर्दै आएको सर्वविदितै छ ।
तथापी, सरकारको प्राथमिकता तथा निजि क्षेत्रको चाहना एवं वाध्यताका विचमा थप समन्वय र सहकार्यको खाँचो देखिएकोले बोर्डले Survival र Revival योजना अगाडी सार्दै PATA, SKAL लगायत सम्पूर्ण पर्यटन क्षेत्रका संघ संस्थाहरु एवं अग्रज पर्यटन व्यवसायीहरु समेतलाई सल्लाहकारको रुपमा समेटी बोर्डका कार्यकारी प्रमुखको संरक्षकत्वमा Tourism Revival Taskforce गठन गरी कार्य शुरु गरेको जानकारी गराउदछौं । यो कार्यदलले बर्तमान् अवस्थामा थलिएको पर्यटन उद्योगलाई कसरी पुनर्जीवन दिने भनी अन्तर्राष्ट्रिय अभ्यासहरु समेतको अध्ययन गरी आफ््ना सुझावहरु निरन्तर दिनेछ भने सो अनुसार सम्पूर्ण व्यवसायीहरुलाई एकिकृत गरी सरकारलाई आगामी रणनीति निर्माण गर्न सहयोग पुर््याउने छ । उक्त कार्यदलले तत्काल पर्यटनका गतिविधीहरुलाई सुरक्षित ढंगले कसरी अगाडी बढाउन सकिन्छ भन्ने पनि अध्ययन गर्नुका साथै निरास हुँदै गएका व्यवसायी तथा मजदूरहरुलाई के कस्तो आर्थिक कार्यक्रम ल्याउन सकिन्छ भन्ने पनि मार्ग पहिल्याउन सहयोग गर्नेछ । यसका लागि सम्पूर्ण पर्यटन क्षेत्रका व्यवसायी तथा सरोकारवालाहरुलाई सकृय भई यस कार्यमा सहयोग गर्न समेत नेपाल पर्यटन बोर्ड हार्दिक अपील गर्दछ ।
धन्यवाद ।
To download this press release in PDF, please click here.
Download
Photos / Maps / Brochure ...- • CustomGallery
- • Visa Recommendation
- • Protocol
- • NTB bylaws and procedure
- • Enlistment Files
- • Placemat Designs
- • COVID-19 Safety & Hygiene Protocol for Tourism Industry
- • Forms
- • Curriculum & References
- • Booklets / Brochures
- • Logo
- • Map
- • Mountaineering in Nepal
- • Multimedia
- • Nepal Tourism Statistics
- • NTB Budget
- • Photos
- • Presentation / Documentaries / Montage