नेपाल र रुसबीच पर्यटन प्रर्वद्धनमा सहकार्यमा जोडWednesday, September 22nd, 2021
नेपाल र रुस बीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्यका गर्ने सन्र्दभमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा.धनन्जय रेग्मी र नेपालका लागि रुसी राजदुत एलेक्सी नोभिकोभ (Aleksei Novikov) बीच गत शुक्रवार रुसी राजदुतावासमा भेटवार्ता भएको छ । भेटका क्रममा दुवै देशको पर्यटन प्रर्वद्धनका लागि आपसी सहकार्यमा जोड दिइएको थियो ।
भेटका क्रममा राजदुत नोभिकोभले नेपालको पर्यटन विकासका लागि रुस सधै सकारात्मक रहेको धारणा राख्नु भयो । उहाँले रुसी पर्यटक आगमनका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा. रेग्मीले कोभिडले गर्दा समग्र पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा नेपालले विस्तारै पूर्ण खोप लगाएका पर्यटकबाट पर्यटनलाई सुचारु गर्ने गरी काम गरिरहेको जानकारी दिनुभयो । उहाँले साहसिक पर्यटनमा रुची राख्ने रुसी पर्यटकका लागि नेपाल एक आर्कषक गन्तव्य भएको बताउनुभयो । यस्तै कार्यकारी प्रमुख रेग्मीले नेपालका विभिन्न क्षेत्रमा पूर्ण खोप कार्यक्रम सम्पन्न भएकोले हिमाल आरोहण र ट्रेकिङ गर्ने क्षेत्रमा पर्यटक लैजान खासै समस्या नभएको बताउनु भयो । यस अधि गत सोमबार मात्रै रुसी विज्ञान तथा संस्कृति केन्द्र काठमाण्डौंका निर्देशक समेत रहनु भएकी रुसी दुताावासका फस्ट सेक्रेटरी युलिया ए.आन्द्रोसोभा (Iullia Androsova) र कार्यकारी प्रमुख डा.रेग्मी बीच पनि पर्यटन बोर्डमा भेटवार्ता भएको थियो ।
Download
Photos / Maps / Brochure ...- • CustomGallery
- • Visa Recommendation
- • Protocol
- • NTB bylaws and procedure
- • Enlistment Files
- • Placemat Designs
- • COVID-19 Safety & Hygiene Protocol for Tourism Industry
- • Forms
- • Curriculum & References
- • Booklets / Brochures
- • Logo
- • Map
- • Mountaineering in Nepal
- • Multimedia
- • Nepal Tourism Statistics
- • NTB Budget
- • Photos
- • Presentation / Documentaries / Montage