Official trade website of Nepal Tourism Board
Nepal Tourism Board > Updates > Situation Updates > अनुभूती गर्ने गरी पर्यटन क्षेत्रको विकासमा काम गर्ने पर्यटन मन्त्रीको प्रतिवद्धता पर्यटन मैत्री कानून निर्मााण गर्न निजी क्षेत्रको आग्रह

अनुभूती गर्ने गरी पर्यटन क्षेत्रको विकासमा काम गर्ने पर्यटन मन्त्रीको प्रतिवद्धता पर्यटन मैत्री कानून निर्मााण गर्न निजी क्षेत्रको आग्रहTuesday, October 26th, 2021

Newly appointed Minister for Culture, Tourism & Civil Aviation (MoCTCA) Hon’ble Prem Bahadur Ale was welcomed by Nepal Tourism Board (NTB) and the tourism industry in NTB premises at Bhrikutimandap on Oct. 26, 2021. At the program, Hon’ble Tourism Minister expressed his commitment to work closely with the industry for its revival and recovery in the wake of the pandemic.

NTB CEO Dr. Dhananjay Regmi apprised the Hon’ble Minister, Secretary and the audience on the work done by NTB currently and during the times of the pandemic. Dr. Regmi also presented his ideas to develop Nepal into a sustainable tourism destination for all seasons and different age groups ensuring the benefit of tourism is distributed to different parts of Nepal.

Secretary of MoCTCA Mr. Yadav Prasad Koirala, also reassured the tourism sector of the Ministry’s full support for positive changes through policy intervention. Members of the NTB Executive Committee, Tourism Association Presidents, members of the media and NTB officials were present at the program. NTB’s new official destination website ntb.gov.np was also unveiled at the program.

नेपाल पर्यटन बोर्डले नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेलाई पर्यटन बोर्डमा स्वागत गरेको छ । कार्यक्रममा मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष यादव प्रसाद कोइराला र बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले मन्त्री आलेलाई स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले कोभिडको कारण नेपालको पर्यटन उद्योगले ठूलो क्षति ब्यहोर्नु परेकोले यसबाट बाहिर आउन सबै मिलेर काम गर्नु पर्ने आवश्यक्ता रहेको बताउनु भयो । उहाँले आफ्नो सबै ध्यान पर्यटन क्षेत्रले भोगेका समस्या समाधान गर्दै पर्यटनलाई चलायमान बनाउनमा केन्दित हुने बताउुनु भयो । ‘ म यस क्षेत्रमा देखिएका समस्या र विकृति प्रति जानकार छु । यी समस्याहरुको समाधान गर्न नै म यो मन्त्रलायमा आएको हुँ । व्यवसायीहरुले अनुभूती गर्ने गरी यस क्षेत्रको विकासमा काम गर्ने मेरो प्रतिवद्धता हो । यसमा सबै व्यवसायीहरु निजी क्षेत्रको सहयोग लिएर काम गर्ने छु । ’ उहाँले भन्नु भयो । यस्तै मन्त्री आलेले नेपालको पर्यटन प्रर्वद्धनका लागि नेपाल वायुसेवा निगम बलियो, प्रतिष्पर्धी र समय सापेक्ष बनाउन आवश्यक रहेको र सोही अनुरुप काम अघि बढाइएको समेत बताउनु भयो ।

कार्यक्रममा मन्त्रालयका सचिव यादव प्रसाद कोईरालाले व्यवसायीहरुका काम सहजीकरण र माग सम्बोधन गर्न मन्त्रालय सधै तयार रहको बताउनु भयो । उहाँले नेपालमा पर्यटनको अथाह सम्भावना रहेपनि त्यसको समुचित उपयोग गर्न नसकिरहेको उल्लेख गर्दै मन्त्रालयले नीतिगत सुधारको काम गर्ने र लगानी भित्र्याउन निजी क्षेत्र अग्रसर हुन आग्रह गर्नुभयो ।
यस्तै बोर्ड सदस्य पम्फा धमलाले कोभिडले गर्दा पर्यटन बोर्डको आय घटेको र यसले गर्दा आवश्यक काम गर्ने अवस्था समेत नरहेकोले अहिलेललाई सरकारको सहयोग आवश्यक रहको बताउनु भयो ।

यस्तै बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले पर्यटन क्षेत्रको विकासका लागि केही नीतिगत सुधार र पूर्वाधार विकास आवश्यक रहेको बताउँदै त्यसको लागि मन्त्रीले पहल लिइदिन आग्रह गर्नु भयो । उहाँले नेपाललाई सबै उमेर समुह र सबै सिजनको पर्यटकीय गन्तव्य बनाउन सकिने पर्याप्त आधार रहेको बताउँदै यसका लागि अन्तर मन्त्रालय समन्वय र पर्यटन मैत्री कानून आवश्यक भएको बताउनु भयो ।

कार्यक्रमा निजी क्षेत्रका संस्थामहरु होटल संघ नेपाल (हान) का अध्यक्ष सृजना राणा,नेपाल एशोसिएशन अफ टुर एण्ड ट्रावल एजेन्टस् (नाटा) का अध्यक्ष अच्युत गुरागाई, टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुम बहादुर सुवेदी, नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्ट्स (नारा) का अध्यक्ष गंगा प्रसाद नेपालले कोभिडले थलिएको पर्यटनलाई लयमा फर्काउन मन्त्रालयको विशेष पहल,साथ र सहयोग आवश्यक रहेको धारणा राखे । उहाँहरुले त्यसका लागि यस अघि भएका निर्णयहरुको सहि कार्यान्वयन र केही नयाँ पर्यटन मैत्री निर्णय गर्न मन्त्रीलाई आग्रह समेत गर्नु भयो ।

कार्यक्रmमा नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनका अध्यक्ष गोपाल भण्डारीले नेपालको पर्यटन प्रर्वद्धनका लागि बोर्डका कर्मचारी सधै क्रियाशील रहेको बताउँदै बोर्डका कर्मचारीहरुको वृत्ति विकासका लागि मन्त्रालयले ध्यान दिन आग्रह गर्नु भयो ।

Please follow and like us: