Official trade website of Nepal Tourism Board
Nepal Tourism Board > Press Release > Online exhibition of Dharche on #photoNepal

Online exhibition of Dharche on #photoNepalWednesday, December 2nd, 2020

नेपाल पर्यटन बोर्ड

प्रेस बिज्ञप्ती

२०७७ मंसिर १७

फोटो नेपालमा धार्चेको अनलाइन प्रदर्शनी

नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गरिरहेको ह्यास फोटोनेपाल (#photoNepal) प्रदर्शनी अन्तरगत धार्चेको प्रकृति, संस्कृति लगाएत आकर्षण समावेश गरिएको फोटोहरुको प्रदर्शनी मंसिर १६ देखि सुरु भएको छ । यसपालिको प्रदर्शनी बोर्डको फोटो अभियानको आधिकारिक पोर्टल www.photonepal.travel मा अनलाइन गरिएको छ । धार्चे गाउँपालिका, स्टोरी साइकल र ब्रिटिश काउन्सिल नेपालको सहकार्यमा प्रदर्शनी र धार्चेको अनलाइन पहँुच बढाउन समेत यी संस्थाहरुको पहलमा विविध कार्यक्रमहरु भइरहेको छ ।

फोटोनेपाल पोर्टल मार्फत आह्वान गरी प्राप्त सय भन्दा बढी फोटोहरु मध्ये छानिएका चालिसलाई प्रदर्शनीमा राखिएको छ । फोटो प्रदर्शनी मंसिर २५ सम्म हुने र त्यस पछि धार्चेको भर्चुअल टुर कार्यक्रम आयोजना गरिनेछ । फोटोहरु यो लिंकमा हेर्न सकिन्छ https://photonepal.travel/search?q=Dharche

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले चार वर्षदेखि आयोजित फोटोनेपालले धार्चे गाउँपालिका, स्टोरी साइकल र ब्रिटिश काउन्सिलको साथ पाएर अझ बढी ब्यापक भएको बताउँदै सबैमा फोटो अवलोकन गर्न र आफ्नो सञ्जालहरुमा जानकारीहरु राखी धार्चेको पहँुच बढाइदिनुहुन अनुरोध गर्नुहुन्छ । 

 

 

 

 

 

Please follow and like us: