Official trade website of Nepal Tourism Board
Nepal Tourism Board > Press Release > मौलिक कला, संस्कृति तथा सम्पदाको अनुपम गन्तव्य, मध्यपुर थिमि पर्यटक हाते पुस्तिका बिमोचन तथा सम्पदा पदयात्रा

मौलिक कला, संस्कृति तथा सम्पदाको अनुपम गन्तव्य, मध्यपुर थिमि पर्यटक हाते पुस्तिका बिमोचन तथा सम्पदा पदयात्राWednesday, December 30th, 2020

नेपाल पर्यटन बोर्ड
प्रेस विज्ञप्ती

२०७७/०९/१५

“मौलिक कला, संस्कृति तथा सम्पदाको अनुपम गन्तव्य, मध्यपुर थिमि पर्यटक हाते पुस्तिका बिमोचन तथा सम्पदा पदयात्रा”

अनन्तकाल देखि जीवन्त रहँदै आएको मूर्त अर्मूत कला, संस्कृति तथा सम्पदाहरु ऐतिहासिक महत्वका स्थानहरुले भरिपूर्ण मध्यपुर थिमिलाई हाम्रो पूर्खाहरुले आफ्नो जीवन पद्धतीसँग जोडदै यसलाई जिवन्त राखी निरन्तरता दिँदै आएको हाम्रो माझ सर्वविदितै छ । अब हामीले ती मूर्त अमूर्त कला, सँस्कृति तथा सम्पदाहरुलाई आफ्नो जीवन पद्धतीमा मात्र सिमित नराखी आफ्नो जीवनस्तर उकास्न यसलाई उपयोग, संरक्षण, संवद्र्धन, प्रवद्र्धन र जर्गेना गर्नुपर्दछ । मध्यपुर थिमिको कुरा गर्दा पाटी पौवा, परम्परागत पेशा व्यवसाय, बाजागाजा, सांस्कृतिक नाचहरु, जात्रा पर्व इत्यादी मुख्य आकर्षण रुपमा रहेका छन् । मध्यपुर थिमिलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यका साथ स्थानिय निर्वाचन २०७४ पछि हालसम्म मूर्त सम्पदाहरु पोखरी–५, विहार– २, ढुङ्गेधारा– २०, पाटी – २५, इनार– ८ र पार्क– २ वटा निर्माण र जिर्णोद्धार गरिएको छ । ऐतिहासिक तथा सांस्कृतिक सम्पदा पुनर्निर्माणमा पाएको यो सफलताको सकारात्मक अन्र्तराष्ट्रिय मुल्यांकनको रुपमा प्रत्येक वर्ष शहरी क्षेत्रको विकासमा UN Habitat Asia Pacific क्षेत्रिय कार्यालयले प्रदान गर्दै आएको Asian Townscape Award बाट यस बर्ष नेपालको एक मात्र नगरपालिका मध्यपुर थिमि नगरपालिका सम्मानित भएको अवस्था छ र यस सम्मान बाट नगरपालिका सम्पदा संरक्षण तर्फ अझ बढी कटिवद्ध भएको छ ।

मूर्त अमूर्त सम्पदाहरुको संरक्षण, सम्बद्र्धन, प्रबद्र्धन र जगेर्ना गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन मार्फत यहाँका नागरिकहरुको जिवनस्तर उकास्न मध्यपुर थिमि नगरपालिकालाई क्रमशः बाह्य तथा आन्तरिक पर्यटनको रोजाइको उत्कृष्ट गन्तव्य क्षेत्र बनाउन यहाँका मूर्त अमूर्त ऐतिहासिक तथा साँस्कृतिक कला र सम्पदाहरु समेटिएको सचित्र हाते पुस्तिका संयोजन तथा पर्यटन क्षेत्रको समग्र विकास र प्रबद्र्धनको सहजीकरणको लागि नगरपालिकाले राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानलाई जिम्मेवारी दिएको छ ।

मध्यपुर थिमि नगरपालिकाको आयोजना तथा राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानको सहकार्यमा “मौलिक कला संस्कृति तथा सम्पदाको अनुपम गन्तव्य मध्यपुर थिमि“ पर्यटकीय हाते पुस्तिका बिमोचन र “सम्पदा पदयात्रा २०२१” कार्यक्रम यही २०७७ पौष १७ गते शुक्रवार तदनुसार सन् २०२१ जनवरी १ का दिन आयोजना गर्ने तय गरिएको छ । कार्यक्रमकोे संयोजन ओेस्ला नेपालले गर्नेछ भने कार्यक्रमको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गरिरहेको छ ।

१. सम्पदा पदयात्रा (Heritage Walk) को रुट
मध्यपुर थिमि नगरपालिका वडा नं. ४ स्थित शंखधर चोकमा बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठ तथा मध्यपुर थिमि नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठज्यू बाट संयुक्त रुपमा उक्त हाते पुस्तिका बिमोचन भए पश्चात धिमे बाजाको गुञ्जन साथै बाँसुरीको धुनसँगसँगै सम्पदा पदयात्रा शंखधर चोकबाट शुरु भई तछुटोल, विष्णुविर, बालकुमारी, वामुनेटोल, लाछी टोल, लोकेश्वर मन्दिर, दथुटोल, लाय्कु, सिवाटोल, दुई पोखरी, इनायटोल, इन्द्रायणी, बिष्णुकुण्डल, दिगुटोल, ताहाननी, चोडे महालक्ष्मी स्थान, भुलाँखेल, हात्तिमहाँकाल, सिद्धिकाली, कुमाननी, चपाचो गणेश, सोङ्गा पुखु, पाटी विहार, बाहाखाबजार, गार्चा चोक, द्योः छेँ नगदेश, सिद्धि गणेश, बुद्ध विहार, विष्णु तकी, नछुटोल, लाछी, भाँगु, विष्णुघाट, लायकु, कमलपोखरी, कालिका मन्दिर, कुमारी द्यो स्क्वायरमा समापन गर्ने कार्यक्रम रहेको छ ।

सहभागी
मध्यपुर थिमि नगरपालिकाको आयोजना तथा राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानको सहकार्यमा आयोजना हुने उक्त कार्यक्रमको सभापतित्व मध्यपुर थिमि नगरपालिका प्रमुख श्री मदन सुन्दर श्रेष्ठज्यूले गर्दै हुनुहुन्छ । कार्यक्रमको प्रमुख अतिथिमा बागमती प्रदेशका प्रदेश सभामुख माननीय सानु कुमार श्रेष्ठज्यू र बिशेष अतिथिमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीज्यूको सहभागिता रहनेछ भने कला सँस्कृति र सम्पदासँग आवद्ध संघ संस्था, स्थानिय जनसमुदाय, बाजा गाजासहित सांस्कृतिक झाँकीको पनि उल्लेख्य सहभागीता र उपस्थिती रहने छ ।

Please follow and like us: