Official trade website of Nepal Tourism Board
Nepal Tourism Board > Updates > Situation Updates > पर्यटन बोर्डको सहयोगमा तयार फोटो पुस्तक सार्वजनिक ताप्लेजुङ पर्यटनका लागि भर्जिन ल्याण्ड : निर्वतमान मन्त्री भट्टराई

पर्यटन बोर्डको सहयोगमा तयार फोटो पुस्तक सार्वजनिक ताप्लेजुङ पर्यटनका लागि भर्जिन ल्याण्ड : निर्वतमान मन्त्री भट्टराईMonday, August 2nd, 2021

नेपाल पर्यटन बोर्डको सहयोगमा तयार पारिएको ताप्लेजुङ जिल्लाको १०१ पर्यटकीय फोटोहरु समावेश गरिएको फोटो पुस्तक सार्वजनिक गरिएको छ । शुक्रवार पर्यटन बोर्डमा आयोजित कार्यक्रममा निर्वतमान संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई,पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी,नाटाका अध्यक्ष अच्युत गुरागाई,टानका महासचिव सरिता लामा लगायतले उक्त पुस्तक सार्वजनिक गर्नु भएको थियो ।

कार्यक्रममा निर्वतमान पर्यटन मन्त्री भट्टराईले ताप्लेजुङ पर्यटनका लागि भर्जिन ल्याण्ड भएको बताउँदै यस प्रकाका फोटोहरुको संकलन तथा प्रकाशनले पूर्व क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले नेपालको पर्यटन केही खास क्षेत्रहरुमा मात्र सिमित रहेको अवस्थामा पर्यटनलाई विकेन्द्रीकरण गर्न आवश्यक रहेको समेत बताउनु भयो । ‘नेपालका धेरै जिल्लामा पर्यटनको प्रचुर सम्भावना छ । त्यसमा ताप्लेजुङ पनि एक हो तर हामीले पोखरा चितवन,पोखरा लुम्बिनी बाहेक अन्यत्र खासै पर्यटक लैजान सकेका छैनौं । यो अवस्थामा यस्ता क्रियाकलापले ती क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सक्नेछ । ’ उहाँले भन्नु भयो । पूर्व मन्त्री भट्टराइले कंचनजंघा राष्ट्रिय निकुन्ज क्षेत्र विश्व कै सुन्दर र आर्कषक क्षेत्र भएको बताउँदै त्यहाँको सांस्कृतिक बहुलता र प्राकृतिक सुन्दरतालाई गजागर गर्न सके त्यस क्षेत्रको पर्यटन विकासमा थप टेवा पुग्ने धारणा राख्नुभयो ।

कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालको पर्यटन प्रवद्र्धनका लागिे फोटो प्रकाशनसँगै अब त्यहाँ जान व्यवसायीहरुले पर्यटकीय प्याकेज बनाउनु पर्ने बताउनु भयो । उहाँले बोर्डको सहयोगमा गरिएको यो कामले त्यस क्षेत्र प्रति पर्यटकको आर्कषण बढ्ने उल्लेख गर्दै ती क्षेत्रसम्म पुग्ने पूर्वाधार विकास र अन्य सुविधा थप गर्न सके त्यस क्षेत्रको पर्यटकीय विकास गर्न सकिने बताउनु भयो । ‘ताप्लेजुङमा राम्रा र आर्कषक ठाँउ छन तर त्यहाँ पुग्ने सुविधा र त्यसको उचित प्रवद्र्धन भएन भने पर्यटक पुग्दैनन । त्यसैले प्याकेज सहित प्रवद्र्धन गर्न जरुरी छ ।’ उहाँले भन्नु भयो । उहाँले त्यस क्षेत्रको पर्यटकीय विकास लागि थप सहकार्य गर्न बोर्ड तयार रहेको समेत जानकारी दिनुभयो । किताबमा जिल्ला भरीबाट संकलन गरिएका १३ सय पोटोहरुबाट छानिएका १०१ फोटोहरु संमावेश गरिएको ताप्लेजुङ विकास पत्रकार मञ्चका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

Please follow and like us: