Official trade website of Nepal Tourism Board
Lumbini - Nepal
Nepal Tourism Board > ट्रेकिङ गाइडहरूलाई सहुलियतपूर्ण ऋण प्रवाह गर्ने सम्बन्धी सूचना

ट्रेकिङ गाइडहरूलाई सहुलियतपूर्ण ऋण प्रवाह गर्ने सम्बन्धी सूचना

ट्रेकिङ गाइडहरूलाई सहुलियतपूर्ण ऋण प्रवाह गर्ने सम्बन्धी सूचना
(प्रकाशन भएको मिति २०७८।०६।०१)

टिम्स कार्ड खरिद तथा विक्री गर्ने ट्रेकिङ कम्पनीमा कार्यरत रहेकै बखत कोभिड-१९ महामारीको कारण रोजगारी गुमाएका ट्रेकिङ गाइडहरूलाई व्यवसाय संचालन गरी आत्मनिर्भर बन्न सहुलियत दरमा ऋण प्रदान गरिने कार्यक्रम रहेकोले देहायका शर्तहरु पुरा गरि ऋण लिन इच्छुक गाइडहरुले trade.welcomenepal.com मा राखिएको लिंक Google Form वा निम्न QR Code मा रहेका विवरणहरू यो सूचना प्रकाशन भएको ७ दिनभित्र भरी पेश गर्न अनुरोध गरिन्छ।

ट्रेकिङ गाइडले भर्नुपर्ने विवरणहरू :
१. गाइडको नाम :…………………………….
२. ट्रेकिङ गाइड लाइसेन्स नम्बर : …..
३. ट्रेकिङ गाइड लाइसेन्स लिएको मिति : ………………….(प्रतिलिपि संलग्न गर्नुपर्ने)
४. ट्रेकिङ गाइड कार्य शुरु गरेको मिति (वर्ष र महिना) : ………………….(
५. ट्रेकिङ गाइड कार्यमा संलग्न रहेको अन्तिम मिति (वर्ष र महिना) : ………………….(
६. कोभिड-१९ महामारीपूर्व कम्तीमा ३ वर्ष कायर्रत रहेको ट्रेकिङ कम्पनीको नाम :……………………….
७. गाइडले नागरिकता लिएको जिल्ला : …………………
८. गाइडले संचालन गर्न चाहेको व्यवसायको किसिम :
क) होमस्टे, ख) रेष्टुरेन्ट, ग) कृषि तथा पशुपालन, घ)) अन्य ………….
९.व्यवसाय संचालनको लागि लिन चाहेको अनुमानित ऋण रकम, रु
१ लाखसम्म
२ लाखसम्म
३ लाखसम्म
४ लाखसम्म
५ लाखसम्म
गाइडहरुले ऋण लिनुपूर्व पुरा गर्नुपर्ने शर्तहरु निम्नानुसार हुनेछन् :
(१) ट्रेकिङ गाइड लाइसेन्स लिएको हुनुपर्ने
(२) कोभिड-१९ महामारीपूर्व कम्तीमा ३ वर्ष ट्रेकिङ कम्पनीमा कायर्रत रहेको हुनुपर्ने।
(३) गाइडले संचालन गर्ने व्यसायको परियोजना प्रस्ताव पेश गर्नुपर्ने ।
नोटः यो सूचना ऋण लिन इच्छुक गाइडहरुको संख्या एकिन गर्ने प्रयोजनका लागि मात्र हो ।

पदयात्रा तथा पर्वतीय पर्यटन श्रमिक कल्याणकारी खाता सञ्‍चालन, व्यवस्थापन
तथा ऋण परिचालन समितिको सचिवालय
नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौं
सम्पर्क फोन नं. ४२५६९०९