Official trade website of Nepal Tourism Board
Nepal Tourism Board > Press Release > NTB Briefs Media on Past Year Initiatives & Achievements

NTB Briefs Media on Past Year Initiatives & AchievementsFriday, February 19th, 2021

 

नेपाल पर्यटन बोर्ड
प्रेस विज्ञप्ति
मिति २०७७/११/७

सन २०२० को प्रारम्भ देखि नेपालमा काभिड १९ ले पारेको प्रभाव र यसको प्रभावबाट नेपालको पर्यटनलाइ कसरी जोगाउने भन्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डले गरेका कार्य तथा अब अपनाउनु पर्ने रणनीतिका विषयमा मिति २०७७ फागुन ६ गते बोर्डले बोर्डकै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना ग¥यो । कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीले बोर्डले गरेका कामहरुबारे जानकारी दिनुभएको थियो ।यस्तै कार्यक्रममा पर्यटन व्यवसायी बिक्रम पाँडे काजि,होटल संघ नेपालका उपाध्यक्ष प्रविन पाण्डे,पर्यटन व्यवसायी विशेष श्रेष्ठले बोर्डले अगाडि सारेका योजनाहरुको कार्यान्वयनमा जोड दिन सके पर्यटन पुनरुत्थान गर्न सकिने धारणा राख्नु भएको थियो ।

कोभिडको महामारीकै बीच बोर्डले गरेका कामहरु,चलिरहेका काम तथा आन्तरिक एवं बाह्य पर्यटन पुनरुत्थानका लागि अबका दिनमा अबलम्बन गर्नु पर्ने नीति तथा कार्यक्रमहरूका बारेमा प्रमुख कार्यकारी अधिकृत रेग्मीले धारणा राख्नु भएको थियो ।

तात्कालिक रुपमा गरिएका कार्यहरू
महामारी वा यस्तै अन्य संकटमा कसरी काम गर्ने भनेर वोर्डमा Crisis Communication and Management Unit को शुरुवात गरियो । जसमा हरेक दिनको Situation Update तयार हुने गरेको छ । सोही समयमा Stranded in Nepal  नामक website शुरु गरी नेपालका विभिन्न ३३ जिल्लामा रहेका ६० देशका नागरिकहरुको खोजी, सम्पर्क स्थापना गरियो भने लुक्ला, पोखरावाट, तथा अन्य स्थावाट करिव १ हजार ७२१ जना पर्यटकहरुलाई उद्धारकार्य गरी काठमाण्डौ ल्याइ पर्यटकहरुलाई देश फर्कनको लागी Repatriation Flight सञ्चालन गर्न सहजिकरण गरियो । चीनमा काभिडको संक्रमण शुरु भएपछि नै अन्य बजारहरुको सम्भाव्यता खोजि गर्नको लागि पर्यटन वोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय तथा नीजि क्षेत्र समेतको सहभागितामा १२ वटा टास्क फोर्स गठन गरी भारत,दक्षिण एसिया,बुद्धिस्ट देशहरू,मध्यपूर्वका देशहरू,युरोप र रसिया,अष्ेट्रेलिया र न्युजिल्याण्ड,अफ्र्रिका,नर्थ अमेरिका, साउथ अमेरिका चीन,नर्र्थ इस्ट एशिया लगायत विश्वका विभिन्न १२ वटा पर्यटन स्रोत बजारहरूको अध्ययन गरिएको थियो ।

मध्यकालीन कार्यहरु
कोभिडको प्रभाव कहिले र कुन रुपमा रहन्छ भन्ने अन्यौलका बीचमा पर्यटनलाई बचाई राख्न आवश्यक थियो । त्यसको लागि पहिले जस्तै सिधै पर्यटन चलायमान हुने अवस्था थिएन र यो अवस्थामा पर्यटनलाई सामान्य अवस्थामा भएपनि चलायमान बनाइराख्न बोर्डले Health and Hygiene प्रोटोकल तयार गरि स्वीकृत गरी नेपाली तथा अंग्रेजी भाषामा प्रोटोकल छपाई गरि वितरण ग¥यो । बोर्डले तयार गरेर सरकारले लागु गरेको स्वास्थ्य मापदण्डमा नेपाल विश्वमा यस्तो मापदण्ड लागू गर्ने पहिलो सातौं देशका रुपमा पर्दछ । यस्तै Mountain Tourism Protocol, Mountain, Spa, Night Life Tourism Protocol तयार गरिएको छ । यी Protocol हरू अनलाइन तथा सामाजिक संजाल मार्फत प्रोटोकलको पहुँच अभिवृद्धी गरिएको छ ।

पर्यटनमा परेको असर तथा भावि कार्ययोजना सम्वन्धमा नेपालका विभिन्न प्रदेशमा रहेका पर्यटन व्यवसायीहरुसँग तथा नेपालको प्रमुख स्रोत बजार भारतका पर्यटन व्यावसायीहरूसँग पुनः पर्यटन सुचारु गर्ने सम्बन्धमा सम्भाव्यता तथा आगामी कार्यदिशा तय गर्नको लागी अनलाइन प्लेटफर्म मार्फत अन्तक्रिया आयोजना गरिएको थियो । यो बीचमा धेरै भर्चुअल प्लेटफर्मको प्रयोग गर िनेपालको पर्यटनको प्रर्वद्धन गर्ने काम गरिएको छ । कोभिडको कारण तत्कालै अन्तरराष्ट्रिय पर्यटकहरु आउन नसक्ने, नचाहने परिस्थतीमा नेपालको आन्तरिक पर्यटन वजारको अध्ययन गर्न तथा पर्यटकिय सम्पदाहरुको पहिचान गर्न हरेक प्रदेशको लागी टास्कफोर्स गठन गरी अध्ययन गरी सात प्रदेशमा आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन गर िकाम अगाडि बढेको छ । यसमा देश दर्शन कार्यक्रमको लागि विभिन्न निजि क्षेत्र सँग सम्बन्धित संघ संस्था तथा प्रदेशहरुसंग छलफल गरि उचित आन्तरिक पर्यटनमा प्याकेजको आवाहान गरि प्याकेज प्राप्त भएका छन् । आन्तरिक नेपाल पर्यटन बोर्डको प्रादेशिक कार्यालय विस्तार गर्नको लागि सम्पूर्ण प्रदेशहरुमा स्थलगत भ्रमण तथा अध्ययन गरि प्रदेश सरकार, प्रदेश मन्त्रालय, स्थानीय तह तथा निजि क्षेत्रसंग अन्तरक्रिया गरि सम्झौता गरिएको छ । यस्तै विद्यमान विभिन्न वेवसाईटहरुलाई एकीकृत र स्तरोन्नतीको लागि कार्य अघि बढाइएको छ । वेवसाईट लगायत Digital media, Central Business Platform लाई Re-engineering  गर्ने कार्य भइरहेको छ । यस्तै विभिन्न ७ भाषामा Website संचालनमा रहेका छन भने थप ३ भाषा (थाई,अरेबिक र कोरियन)को कार्य जारी रहेको छ । देशैभरी मापदण्डका बारेमा विभिन्न चरणमा तालिम तथा अनतरक्रिया आयोजना गरी आन्तरिक पर्यटनलाई बढाबा दिने खालका कार्यक्रम सञ्चालन गरिएको छ । पर्यटन व्यवसायमा कतिपय वयवसायिक कोर्ष तथा कार्यक्रममा एकरुपता ल्याउन NATHM,HAN,NATTA,NATHM,TAAN,NTVA जस्ता पर्यटनसंग सरोकार राख्ने संस्थाहरूसंग समन्वय गरी पाठ्यक्रममा एकरुपता ल्याउँदै समय सहाउँदो, व्यावसायिक र सबैको अपनत्व हुने गरी पाठ्यक्रम निर्माण भइरहेको छ ।

दिर्घकालीन कामहरु
नेपालको पर्यटनमा तथ्याङ्कको अभावले गर्दा राज्यले तय गर्ने नीति समेत प्रभावित हुने अवस्थामा तथ्याङ्कको उलपब्धता रहोस भनेर बोर्डले यस क्षेत्रमा गरिएको लगानी तथा जनशक्तिको अध्ययन गरेको छ । जसबाट कोभिडको संक्रमणले व्यवसायमा परेको प्रभाव र यो क्षेत्रमा सरकारले दिने राहतको लागी सरकारलाई तथ्याङ्क उपलब्ध भएको छ । यो तथ्याङ्कले नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति मार्फत व्यवसायीहरुको लागि राहतको प्याकेज घोषणा गर्न सहयोग पुगेको महशुस गरेका छौं । यस्तै नेपालको बहुआयामिक पर्यटनमा तथ्याङ्ककलाई डिजिटल डाटावेशमा राख्न बोर्डले Digital Database for Tourism Planning कार्यक्रमका लागि त्रिभूवन विश्वविध्यालय अन्तर्गतको केन्द्रीय भूगोल विभागमार्फत संचालन गर्न सम्झौता सम्पन्न भइ कार्य अघि बढेको छ । यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसंगको सहकार्यमा एकिकृत तथ्याङ्क प्रणाली CeTMIS अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यसबाट पनि नेपालमा पर्यटकको आवागमन तथा उसको बसाई लगायतका विषयमा थप तथ्याङ्क उपलब्ध हुने छ ।
यस्तै नेपाली सेनासँगको सहकार्यमा गोर्खा देखि काठमाडौँसम्मको एकीकरण मार्ग अध्ययन,गढी तथा किल्लाहरूको प्रोफाइल , सिन्धुलिगढी क्षेत्रको गुरुयोजना यस्तै रारा ताल क्षेत्रको वृहत्तर गुरुयोजना तयार गरि डीपिआर सहितको वृहत्तर गुरुयोजना,युद्ध संग्रालयको योजना निर्माण,रुकुम जिल्ला अन्तर्गत भूमे तथा सिस्ने गाउँपालिकामा रहेको युद्ध संघ्रालयको डीपिआर तयार भएको छ । यसबाट थप पर्यटकीय प्रडक्ट तयार हुने र यसले नेपालको पर्यटनको दिर्घकालीन विकासमा सहयेग पुग्ने विश्वास लिएका छौं । यो बीचमा बोर्डले पर्यटन पुनरुत्थानको लागि Sustainable Tourism for livelihood Recovery Project (STLRP) अन्र्तगत UNDP को १.०५ मिलियन र बोर्डको १ मिलियन गरी २.५ मिलियन युएस डलरको संयुक्त साझेदारीमा परियोजना सम्झौता सम्पन्न भएको छ । यस्तै लुम्बिनी, पोखरा,किर्तीपुर लगायतका पर्यटकीय गन्तव्यलाई रिब्राण्डिङ गर्ने कामहरू भएका छन् ।

अबको बाटो
माथि उल्लेख गरिएका कामहरू कोभिडबाट थलिएको पर्यटनलाई पुनरुत्थान गर्न गरिएका प्रयासहरू मात्र हुन । बदलिँदो परिस्थतीमा नेपालको पर्यटनलाई सबै सिजनको पर्यटनका रुपमा बिकास गर्न,पर्यटकको बसाई अबधी र खर्च बढाउन हामीले केही नयाँ ढंगले सोच्नु पर्ने समय आएको छ । यसमा हिजो गरिएका कामका अतिरिक्त नेपालको पर्यटनमा नयाँ पूर्वाधारको विकास विस्तार तथा क्षेत्रगत रुपमा हिमालमा आरोहण तथा ट्रेकिङ,पहाडमा हिल स्टेशन सहितको पर्यटकीय हब र तराईमा क्यासिनो सहितका पर्यटकीय पूर्वाधार तथा गतिविधि विस्तार गर्नु पर्दछ । बोर्डले पनि यसै अनुसारको अवधारणा तय गरी कामहरू अगाडि बढाइरहेको छ । पर्यटन प्रवैघनका लागि बोर्डले पहिलो तीन महीना विश्व समुदायलाई नेपाल खुल्ला छ भन्ने सन्देश प्रभाव गर्ने,दोस्रो ३ देखि ६ महिनामा पर्यटन क्षेत्रले आफुलाई पूर्ण रुपमा तयार राख्ने र ६ महनिा पछि पुरानै अवस्थामा फर्किने गरि रणनीति बनाउने तर्फ बोर्डले सरोकारवालासँगको सहकार्यमा आवश्यक कामहरु गरिरहेको छ । जसलाई हामीले Restart,Revive र Recovery को अवधारणा भनेका छौं । यसमा राज्य निजी क्षेत्र र अन्य सरोकारवालाहरु सबैको उत्तिकै जिम्मेवारी र कर्तव्य हुन आउँछ । यसको गर्नका लागि हामीलाई कुनै नीतिगत समस्याले असजिलो पार्छ भने त्यसको सहजिकरण गर्दै पर्यटनलाई पुरानो अवस्थामा ल्याउन पहल गर्नु पर्दछ । कोभिड विरुद्धको खोप नेपालमा समेत आइसकेको अवस्थामा नेपाल सुरक्षित गनत्वय हो भन्ने सन्देश सँगसंगै आन्तरिक पर्यटन प्रर्वद्धनका कार्यक्रमका माध्यमबाट कोभिडले थलिएको पर्यटनलाई चलायमान बनाउनु पर्दछ भन्ने हाम्रो धारणा रहेको छ । धन्यवाद ।

डा.धनन्जय रेग्मी
प्रमुख कार्यकारी अधिकृत
नेपाल पर्यटन बोर्ड

Please follow and like us: