नेपाल र कतार बीच पर्यटन प्रर्वद्धनका लागि सहकार्य हुनेTuesday, April 6th, 2021
नेपाल र कतार बीच पर्यटन प्रर्वद्धनका लागि सहकार्य हुने भएको छ । नेपालका लागि कतारका राजदूत युुसुफ विन मोहम्मद अल हैल (Yousuf Bin Mohammed AL-Hail) र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीबीच पर्यटन बोर्डमा सोमबार भएको भेटवार्तामा दुवै देशबीच पर्यटन प्रर्वद्धन गर्न सकिने प्रर्याप्त सम्भावना रहेको र मिलेर काम गरे पर्यटन उद्योगलाई थप चलायमान बनाउन सकिने विषयमा छलफल भएको छ ।
बोर्डको निमन्त्रणमा आउनु भएका कतारका राजदूतले नेपाल प्रकृतिको अनुपम उपहार भएको उल्लेख गर्दै पूर्वाधार विकासमा थप जोड दिन सके नेपालले पर्यटनबाट आर्थिक विकास गर्न सक्ने बताउनु भयो ।“नेपाल विश्वकै सुन्दर देश मध्ये एक हो । म आफै पनि नेपालका धेरै ठाउँ पुगेको छु । यहाँको प्राकृतिक सौन्दर्यले म सधैँ लोभिने गरेको छु । तर यातायातको उचित प्रबन्ध र महँगो हवाई भाडाले गर्दा चाहेर पनि मानिसहरूले नेपाललाई आफ्नो गन्तव्य बनाउन सकेका छैनन् । यसमा ध्यान दिन सके राम्रो होला ।” राजदूतले भन्नुभयो । उहाँले नेपालको पर्यटन विकासका लागि नयाँ ढंगले सोच्न आवश्यक रहेको उल्लेख गर्दै नेपालको पर्यटन प्रर्वद्धनका लागि कतार सरकार सहयोग गर्न सधै तयार रहेको बताउनु भयो ।
कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालमा सरकार र निजी क्षेत्र दुवैले पर्यटन पूर्वाधार विकासमा ध्यान दिइरहको जानकारी गराउँदै पर्यटन बोर्डले कतार सहित मध्यपूर्वमा पर्यटन प्रर्वद्धनका नयाँ योजना अगाडि सारेको बताउनु भयो । उहाँले कतारबाट नेपाल आउन चाहने पर्यटकको आवश्यकता अनुरूपको व्यवस्थाका लागि नेपाल तयार रहेको बताउनु भयो । “नेपाल आउन चाहने पर्यटकको स्वागतका लागि नेपाल तयार छ । खासगरी कतारी पर्यटकको लागि ‘हलाल’ खानाको उपलब्धता, प्रार्थना कक्ष जस्ता आवश्यक पूर्वाधारको समेत व्यवस्था भइरहेको छ ।” उहाँले नेपाल र कतार बीच सिधा हवाई सम्पर्क समेत रहेकोले पर्यटक आवागमनमा खासै समस्या नहुने बताउँदै त्यसको लागि बोर्डले थप पहल गर्ने बताउनु भयो ।
Download
Photos / Maps / Brochure ...- • CustomGallery
- • Visa Recommendation
- • Protocol
- • NTB bylaws and procedure
- • Enlistment Files
- • Placemat Designs
- • COVID-19 Safety & Hygiene Protocol for Tourism Industry
- • Forms
- • Curriculum & References
- • Booklets / Brochures
- • Logo
- • Map
- • Mountaineering in Nepal
- • Multimedia
- • Nepal Tourism Statistics
- • NTB Budget
- • Photos
- • Presentation / Documentaries / Montage