Official trade website of Nepal Tourism Board
Nepal Tourism Board > Updates > Situation Updates > जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना नारायणहिटी सहित काठमाण्डौंका चार स्थानमा एकैसाथ काम शुरु

जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना नारायणहिटी सहित काठमाण्डौंका चार स्थानमा एकैसाथ काम शुरुMonday, September 13th, 2021

The Sustainable Tourism for Livelihood Recovery Project (STLRP) has formally launched its activities in various parts of Kathmandu since Sunday. The program by Nepal Tourism Board (NTB) and United Nations Development Program (UNDP) in collaboration with the Trekking Agencies’ Association of Nepal (TAAN) explored the employment opportunity and successfully provided employment to around hundred tourism laborers in Naranyanhiti Palace Museum, another hundred laborers in Matatirta in Chandragiri and some sixty laborers in Sahid Memorial Nature Academy (Sahit Smarak Prakiti Pratistan).

It has been informed that over two hundred and fifty laborers have already been employed in Kirtipur of Kathmandu and other hilly areas outside the capital city such as Jaljala of Parbat, Chichala of Sankhuwasabha. Similarly, the UNDP signed an agreement with a total of ten local governments including Kirtipur of Kathmandu Municipality, Changunarayan of Bhaktapur, Thaha of Makwanpur, Ratnanagar Municipality of Chitwan, Taplejung, Solukhumbhu, Sankhuwasabha, Mustang, Parbat and Okhaldhunga to provide employment opportunities to the laborers.

Also, the project is planning to expand its employment generating opportunities to laborers in all local levels across the country. At a ceremony organized to handover the employment agreement, Executive Director at the Narayanhiti Palace Museum Bhesh Raj Dahal lauded the joint initiatives undertaken by the NTB and UNDP of providing employment to the laborers at this critical juncture when they are facing a hard time due to the COVID-19 pandemic.

Similarly, Sr. Director at NTB Ms. Nandini Lahe Thapa expressed her optimism that such initiatives will raise the confidence of laborers who have lost their jobs and will become employed even for a short span of time.
General Secretary at TAAN Ms. Sarita Lama said, her organization will take this initiative seriously and is committed towards its implementation as the right to getting employment of laborers needs to be protected. Likewise, National Coordinator of the project and Director at NTB Mr. Mani Raj Lamichhane informed that the short-term employment opportunities will be provided to the laborers following their sector-wise categorization such as trekking trails, rafting, mountaineering and other tourism heritages.

The project was established in joint collaboration of NTB and UNDP to provide employment to over five thousand laborers working in tourism sector. It will last for 2.6 years and has a total fund amounting to 2 million 50 thousand US dollars of which 1 million US dollars is contributed by NTB and 1 million 50 thousand US dollars by UNDP.

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले शुरु गरेको जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (Sustainable Tourism for Livelihood Recovery Project (STLRP) अन्र्तगत आइतबारबाट काठमाण्डौंका विभिन्न स्थानकमा एकैसाथ काम शुरु भएको छ । परियोजनाले टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) सँगको सहकार्यमा नारायणहिटी दरबार संग्रहालयमा सयजना,चन्द्रागिरीको मातातिर्थमा सयजना र सहित स्मारक प्रकृती प्रतिष्ठान थानकोटमा ६० जना पर्यटन मजदुरहरुलाई काममा लगाइएको छ । यस्तै होटल एशोसिएशन नेपाल (हान) सँगको ४० जना बढिले काम शुरु गरेको छ । जसअनुसार आइतवारमात्र करिब तीन सय बढि पर्यटन क्षेत्रका श्रमिक तथा मजदूर काममा जोडिएका छन् । यस्तै परियोजना अन्र्तगत काठमाण्डौं कै किर्तीपूर र काठमाण्डौं बाहिरका पर्वतको जलजला,सखुवासभाको चिचिलामा गरी करिव २ सय ५० जना श्रमिकहरु काममा आवद्ध भएको परियोजनाले जानकारी दिएको छ । परियोजनाले पर्यटनका विभिन्न छाता संस्थाहरूका साथै काठमाण्डौको किर्तीपुर,भक्तपुरको चाँगुनारायण,मकवानपरको थाहा,चितवनको रत्ननगर नगरपालिकासँगै ताप्लेजुङ ,सोलुखुम्बुका,संखुवासभा,मुस्ताङ,पर्वत र ओखरढुङगा एक एक गरी १० ओटा स्थानीय तहसँग सम्झौता गरी जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना शुरु गरिसकेको छ । दुई वर्ष ६ महिना अवधिको परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर तथा युएनडिपीका तर्फबाट १० लाख ५० हजार सहलगानी गरी कूल २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरिनेछ । विशेषगरी पर्यटन क्षेत्रका करिब ५ हजार मजदूरलाई अल्पकालीन रोजगारी सिर्जना गरि राहत पु¥याईने परियोजनाको लक्ष्य छ । यस्तै बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरि थप दुई हजारभन्दा बढीलाई रोजगारी दिइने लक्ष्य लिएको छ ।

नारायणहिटी परिषरमा मजदुरसँग काम हस्तान्तरण कार्यक्रममा संग्रहालयका कार्यकारी निर्देशक भेषराज दाहालले सँग्रहालयमा गरिने सरसफाई लगायतका कामले ऐतिहासक पर्यटकीय गन्तव्यको आर्कषण कायम रहने मात्र नभई कोभिडले समस्यामा रहेका मजदुरलाई अल्पकालीन भएपनि रोजगारी प्रदान गर्नु सकारात्मक भएको बताउनु भयो । ‘यसबाट मजदुरले केही दिनको भएपनि काम पाउँछन,अर्कोतर्फ पर्यटकीय स्थान र पर्यटकीय गन्तव्यहरूको मर्मत संहार तथा सरसफाई हुनेछ । जसले गर्दा हाम्रा सम्पदाहरुलाई जीवन्त राख्न पनि सहयोग पुग्ने छ । ’ उहाँले भन्नु भयो । यस्तै बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले कोरोना महामारीका कारण पर्यटन क्षेत्रका धेरै मजदुरले रोजगारी गुमाएको अवस्थामा यस परियोजनाले ती मजदुरको लागि छोटो अवधीको भएपनि रोजगारीको अवसर सिर्जना गर्नेे बताउनु भयो । टानका महासचिव सरिता लामाले कोभिड महामारीले पर्यटन क्षेत्रमा ठूलो रोजगारी गुमेको अवस्थामा यस पयिरयोजनाले पर्यटन मजदुरका लागि थोरै भएपनि राहत प्रदान गर्ने बताउँदै टानले यसको व्यवहारिक कार्यान्वयनमा जोड दिएको बताउनु भयो । परियोजनाले विशेषगरी पदमार्ग, जलयात्रा (राफ्टिङ्ग) गरिने नदी,टे«किङ्ग टे«ल,हिमाल आरोहण क्षेत्र तथा अन्य पर्यटकीय सम्पदाहरूमा क्षेत्र निर्धारण गरी पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी दिइने बोर्डका सूचना अधिकारी तथा परियोजनाका राष्ट्रिय संयोजक मणिराज लामिछानेले जानकारी दिनुभयो । पहिलो चरणमा नेपालका मुख्य पर्यटकीय क्षेत्रमा रहेका अतिप्रभावित एक हजार ६०० जनशक्तिलाई पर्यटकीय क्षेत्रको सरसफाइ, पद मार्गको मर्मतसम्भार, पैदल मार्गका सिँढी मर्मतसम्भार, सङ्केत चिन्हको स्थापन तथा मर्मत सम्भारलगायतका कार्यमा संलग्न गराई ४० दिन बराबरको रोजगारी प्रदान गरिने लक्ष्य अनुरुप काम शुरु गरिएको संयोजक लामिछानेले जानकारी दिनुभयो । आउँदा दिनका क्रमशः अन्य स्थानीय तह तथा संघ संस्थाहरुसँग सम्झौता गर्दै काम अगाडि बढाइने लक्ष्य परियोजनाले लिएको छ । 

Please follow and like us: