पर्यटन प्रर्वद्धनका लागि पर्यटन बोर्ड र भारतको टाई बीच सम्झौता आपसी सहकार्यमा जोडTuesday, October 26th, 2021
नेपाल पर्यटन बोर्ड (एनटीबी) र भारतको ट्रावल एजेन्टस् एसोसिएशन अफ इन्डिया (टाई) बीच दुवै देशको पर्यटन प्रर्वद्धनका लागि आसपी सहकार्य गर्ने सम्झौता भएको छ । अक्टुबर २२ तारिखका नयाँ दिल्लीमा एक कार्यक्रममा बीच नेपाल पर्यटन बोर्ड (एनटीबी) का कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र ट्रावल एजेन्टस् एसोसिएशन अफ इन्डिया (टाई) का अध्यक्ष ज्योती मायालले उक्त सम्झौतामा हस्ताक्षर गर्नु भएको छ ।
सम्झौता अनुसार बोर्ड तथा टाइले आयोजना गर्ने पर्यटन प्रर्वद्धनका विभिन्न कार्यक्रमहरु इभेन्ट,रोड सो,वेवीनार जस्ता कार्यक्रमहरुमा आपसी सहकार्य गर्ने तथा दुवै देशमा आयोजना हुने राष्ट्रिय तथा क्षेत्रीय कार्यक्रम,ट्राभल मार्ट जस्ता कार्यक्रममा आमन्त्रण गर्ने लगायतका विषयहरु समावेश रहेका छन् ।
भारत नेपालको प्रमुख पर्यटकीय स्रोत बजार रहेकोले यस सम्झौताले नेपालको पर्यटन प्रर्वद्धनमा सघाउ पुग्ने बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले बताउनु भयो । एक अर्को देशमा भएका पर्यटन प्रर्वद्धनका राम्रा अभ्यासहरु आदान प्रदान गर्दा दुवै देशको पर्यटन य प्रर्वद्धनमा समेत सहयोग पुग्ने उहाँले बताउनु भयो ।
Download
Photos / Maps / Brochure ...- • CustomGallery
- • Visa Recommendation
- • Protocol
- • NTB bylaws and procedure
- • Enlistment Files
- • Placemat Designs
- • COVID-19 Safety & Hygiene Protocol for Tourism Industry
- • Forms
- • Curriculum & References
- • Booklets / Brochures
- • Logo
- • Map
- • Mountaineering in Nepal
- • Multimedia
- • Nepal Tourism Statistics
- • NTB Budget
- • Photos
- • Presentation / Documentaries / Montage