Ambassador of France to Nepal & NTB CEO Meet to Discuss Prospects of Tourism Promotion from FranceWednesday, December 8th, 2021
A meeting was held between His Excellency Giles Bourbao, Ambassador of the French Republic to Nepal, met with the Chief Executive Officer of Nepal Tourism Board Dr. Dhananjay Regmi, regarding cooperation on tourism promotion between the two countries. During the meeting, they emphasized the importance of exchanging good practices and strengthening collaborative efforts.
Ambassador Giles reiterated France’s commitment to support Nepal’s tourism development, and said the Embassy would continue to facilitate the arrival of French tourists in Nepal. He also expressed confidence that direct flights from European cities to Nepal would contribute to increasing European tourist arrivals in Nepal.
Dr. Regmi updated His Excellency on the effects of COVID on Nepal’s tourism sector and the ongoing efforts to rebuilding and bouncing back a sustainable and resilient industry. Similarly, NTB’s Sr. Director Ms. Nandini Lahe-Thapa, emphasized on the importance of connecting tourism entrepreneurs from France to destinations in India, Bhutan, and Thailand.
Nepal is an appealing destination for French tourists interested in adventure tourism, and approximately 32,000 French tourists visited Nepal in 2018 and 31,000 in 2019. Nepal and France have had diplomatic relations since April 20, 1949. France is a very important market for Nepal and French usually visit Nepal for adventure tourism, mountaineering expeditions and trekking.
पर्यटन बोर्डका सिइओ र फ्रान्सका राजदूतबीच भेटवार्ता
नेपाल र फ्रान्स बीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्यका गर्ने सन्र्दभमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा.धनन्जय रेग्मी र नेपालका लागि फ्रान्सेली राजदुत गिल्स बौरबाओ (Giles Bourbao) बीच भेटवार्ता भएको छ । मंगलवार नेपाल पर्यटन बोर्डमा भएको भेटकाक्रममा दुवै देशको पर्यटन प्रर्वद्धनका लागि आपसी सहयोग र सहकार्य अभिवृद्धि गर्दै राम्रा अभ्यासहरुको आदान प्रदान गर्ने कुरामा जोड दिएका छन् ।
भेटका क्रममा राजदुत गिल्सले नेपालको पर्यटन विकासका लागि फ्रान्स सधै सकारात्मक रहेको उल्लेख गर्दै फ्रान्सेली पर्यटकहरुले नेपालको साहसिक पर्यटन,पदमार्ग तथा यहाँको प्राकृतिक सुन्दता मन पराउने बताउनुभयो । उहाँले आफु समेत पदमार्ग गर्न रुची राख्ने व्यक्ति भएको बताउनु भयो । यस्तै उहाँले फ्रेन्च पर्यटकको नेपाल आगमनका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । यस्तै राजदूत गिल्सले युरोपियन सहरहरुबाट नेपालसम्मको सिधा उडान भए नेपालमा युरोपियन पर्यटक आगमन बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा.धनन्जय रेग्मी रेग्मीले कोभिडले गर्दा समग्र पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा नेपाल पनि त्यसबाट अछुतो नरहको उल्लेख गर्दै विदेशी पर्यटक आगमनमा सहजता ल्याउने गरी काम भइरहेको जानकारी दिनुभयो । उहाँले साहसिक पर्यटनमा रुची राख्ने फ्रान्सेली पर्यटकका लागि नेपाल एक आर्कषक गन्तव्य भएको बताउँदै सन २०१८ मा फ्रान्सबाट करिब ३२ हजार र सन २०१९ मा ३१ हजार पर्यटकले नेपाल भ्रमण गरेको जानकारी दिनुभयो । यस्तै बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले फ्रान्सबाट आउटबण्ड पर्यटनमा भारत,भुटान,थाइल्याण्डका गन्तव्यमा कार्यगर्ने पर्यटन व्यवसायीहरुलाई नेपालसम्म लिंक गर्नु पर्नेमा जोड दिनुभयो । नेपाल र फ्रान्सबीच सन १९४९ अप्रिल २० देखि दौत्य सम्बन्ध रहँदै आएको छ ।
Download
Photos / Maps / Brochure ...- • CustomGallery
- • Visa Recommendation
- • Protocol
- • NTB bylaws and procedure
- • Enlistment Files
- • Placemat Designs
- • COVID-19 Safety & Hygiene Protocol for Tourism Industry
- • Forms
- • Curriculum & References
- • Booklets / Brochures
- • Logo
- • Map
- • Mountaineering in Nepal
- • Multimedia
- • Nepal Tourism Statistics
- • NTB Budget
- • Photos
- • Presentation / Documentaries / Montage