Official trade website of Nepal Tourism Board
Nepal Tourism Board > Press Release > नेपाल पर्यटन बोर्डमा उपाध्यक्ष चयन

नेपाल पर्यटन बोर्डमा उपाध्यक्ष चयनThursday, March 4th, 2021

नेपाल पर्यटन बोर्ड
प्रेस विज्ञप्ति
फागुन १९ काठमाडौ ।

नेपाल पर्यटन बोर्डमा उपाध्यक्ष चयन

नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको बैठकले बोर्ड कार्यकारी समितिका सदस्य चन्द्र प्रसाद रिजाललाई बोर्डको उपाध्यक्षमा चयन गरेको छ । मिति २०७७ फागुन १८ गते मंगलवार बसेको बोर्ड बैठकले रिजाललाई उपाध्यक्ष चयन गरेको हो । रिजाल सहित ङावा ङिमा शेर्पा र कृष्ण कुमार ंशाह गत माघ २३ गते कार्यकारी समिति सदस्य नियुक्त हुनुभएको थियो । बोर्डमा विप्लव पौडेल र पम्फा धमला यस अघि नै सदस्यमा पदमा रहनु भएको थियो । टानका पूर्व अध्यक्ष समेत रहेका व्यवसायी रिजाल उपाध्यक्ष चयन भएसँगै पर्यटन बोर्डले १३ वर्षपछि उपाध्यक्ष पाएको छ । पछिल्लो पटक २०६४ साल कार्तिक २२ गते पर्यटन व्यवसायी प्रकाश श्रेष्ठ उपाध्यक्ष भएपछि हालसम्म उपाध्यक्ष यो पद खाली थियो ।

नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को व्यवस्था अनुसार बोर्डमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष, बोर्डका कार्यकारी प्रमुख सदस्य सचिव तथा पर्यटन प्रर्वद्धन गर्ने कार्यमा सलंग्न पर्यटन व्यवसायी पर्यटन तथा प्राकिृतिक एवं सांस्कृतिक सम्पदासंग सम्बन्धित विशेषज्ञहरूमध्येबाट सरकारले मनोनित गरेका ५ जना सदस्य र अर्थसहित विभिन्न मन्त्रालय र विभागबाट प्रतिनिधित्व गर्ने ४ जना सदस्य गरी ११ जनाको कार्यकारी समिति रहने व्यवस्था छ । उपाध्यक्षको हकमा निजी क्षेत्रबाट बोर्ड सदस्यमा मनोनित सदस्यहरू मध्येबाट बोर्डका सदस्यहरुले छानेको एक जना सदस्य उपाध्यक्ष बन्ने व्यवस्था अनुरुप रिजाल उपाध्यक्षमा चयन हुनु भएको हो ।

Please follow and like us: