Official trade website of Nepal Tourism Board
Nepal Tourism Board > Updates > Situation Updates > पर्यटन बोर्डको प्रर्वद्धनमा विश्वको सबैभन्दा उचाइमा फेशन सो हुने

पर्यटन बोर्डको प्रर्वद्धनमा विश्वको सबैभन्दा उचाइमा फेशन सो हुनेThursday, July 22nd, 2021

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा विश्वको सबैभन्दा उचाइमा ‘माउण्ट एभरेष्ट फेशन रनवे ’ को दास्रो संस्करण आयोजना हुने भएको छ । नेपाल सहित विश्वका विभिन्न देशका सेलिब्रेटी मोडल सहभागी हुने उक्त शो २०८७ असोज गते (६ सेप्टेम्बर २०२१) मा सगमाथा कालापत्थर क्षेत्रमा आयोजना हुने छ ।

के फिल्मस र एमई टू फिल्मसको सहकार्यममा कार्यक्रम आयोजना हुने आयोजकले जानकारी दिएका छन् । फेशन रन वे को पहिलो संस्करण गतवर्ष २०७६ पुस—माघमा आयोजना भएको थियो । जुन कार्यक्रमले गिनिज बुक अफ वल्र्ड रेकर्डबाट विश्व कीर्तिमानको उपाधि प्राप्त गरेको थियो । यो वर्ष पनि कार्यक्रमलाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा रेर्कड गराउने आयोजकको योजना छ । जसमा कार्यक्रमका अतिरिक्त सहभागी २ सय जनाले समेत व्यक्तिगत रुपमा वल्र्ड रेकर्ड दर्ता गराउनेछन् ।

कार्यक्रमबारे जानकारी दिन सोमबार काठमाण्डौंमा आयोजना गरिएको पत्रकार भेटघाटमा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालको हिमाल, पहाड र तराईको पर्यटन प्रर्वद्धनका लागि बोर्डले छुट्टाछुट्टै योजना अघि सारेको सन्र्दभमा यो कार्यक्रमले नेपालको पर्यतीय पर्यटनमा नयाँ आयाम थप्ने बताउनु भयो । उहाँले विश्वसमुदायले नेपाललाई मौषमी (सिजनल) पर्यटकीय गन्त्वयका रूपमा बुझ्ने गरेको भन्दै असोजमा आयोजना गरिने यो कार्यक्रमले नेपाल सबै उमेर समुह र सबै सिजनको पर्यटकीय गन्तव्य हो भन्ने सन्देश समेत दिने बताउनु भयो । उहाँले कोभिडका कारण पर्यटकीय गतिविधि हुन नसकिरहेको अवस्थामा बोर्डले अवस्था सहज हुनासाथ प्रवद्र्धनका अन्य कामलाई निरनतरता दिने जानकारी दिनुभयो । कार्यक्रममा ग्लोबल आइएमइ बैकका सिइओ रत्नराज बज्राचार्यले यस प्रकारका कार्यक्रमले नेपालको पर्यटनलाई अन्तरराष्ट्रिय समुदायमा परिचित गराउन थप सहयोग पुग्ने बताउनु भयो ।

के फिल्मसका प्रमुख कार्यकारी अधिकृत पङ्कज के गुप्ताले विश्वकै सबैभन्दा उचाइमा गरिने यो कार्यक्रमले दिगो पर्यटनको अवधारणालााई आत्मसात गरेको र यसले विश्वको ध्यान खिच्ने बताउनु भयो । कार्यक्रमको भारतका एमई टू फिल्म्सका सञ्चालक तथा रियालिटि शो निर्देशक श्रुति आनन्दिता वर्मा र अमिताभ एस वर्माले निर्देशन गर्नेछन् । कार्यक्रममा दुवैजनाले विश्वकै अग्लो सगरमाथा र त्यसको काखमा आयोजना हुने कार्यक्रमको निर्देशन गर्न पाउँदा खुशी लागेको बताउँदै यसले नेपालको शाहसीक पर्यटन प्रवद्र्धनमा सघाउन पुग्ने धारणा राख्नुभयो ।

कम्पनीका सीओओ तथा फेशन डिजाएनर रमिला नेम्कुलले यो कार्यक्रम नेपालको गौरव भएको र यसमा नेपालका मौलिक पहिरनहरुलाई आवश्यक्ता अनुसार तुत गरिने बताउनु भयो । यस्तै कम्पनिका सीएफओ रिकेन महर्जनले दीगो पर्यटनका लागि आफुहरुले यस प्रकारको कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

Please follow and like us: