Official trade website of Nepal Tourism Board
Nepal Tourism Board > Updates > Situation Updates > पर्यटन पुनरुत्थानका लागि पर्यटन बोर्डका पहल टानसँगको सहकार्यमा एकहजार जना अल्पकालीन रोजगारीमा जोडिँदै

पर्यटन पुनरुत्थानका लागि पर्यटन बोर्डका पहल टानसँगको सहकार्यमा एकहजार जना अल्पकालीन रोजगारीमा जोडिँदैMonday, September 6th, 2021

नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा सञ्चालित जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (Sustainable Tourism for Livelihood Recovery Project (STLRP) अन्र्तगत ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) सँग परियोजना कार्यान्वयनका लागि सम्झौंता गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौता भएको हो । सम्झौता अनुसार करिब एक हजार भन्दा बढि पर्यटन श्रमिकहरूले अल्पकालिन रोजगार प्राप्त गर्नेछन ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभिडको कारण पर्यटन क्षेत्रका श्रमिकहरु बेरोजगार भएको अवस्थामा यो कार्यक्रमले थोरै भएपनि श्रमिकलाई राहत दिने बताउनु भयो । उहाँले बाह्य पर्यटनको सम्भावनालाई कायम राख्दै आन्तरिक पर्यटन जोड दिनु पर्ने अवस्था आएको बताउनु भयो । उहाँले कोभिड महामारीले ठूलो पाठ सिकाएको भन्दै उहाँले सरकारले बनाएका नीति नियमलाई टान र पर्यटन बोर्ड मिलेर कार्यान्वयन गदै लैजान सकेमा मात्र पर्यटन विकास गर्न सकिने बताउनु भयो ।

कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले युएनडिपीको सहयोगमा सञ्चालित यो परियोजनाले कोभिडबाट सिर्जित बेरोजगारीको समस्यालाई थोरै भएपनि हल गर्न मद्यत मिल्ने बताउनु भयो । ‘पर्यटलाई बचाई राख्न पर्यटन श्रमिकहरुलाई टिकाइराख्नु पर्ने हुन्छ । यसैका लागि हामीले यो प्रयास गरेका छौं । यो ठूलो रोजगारी हाईन तर पनि केही राहत अवस्य दिनेछ । पर्यटन बोर्डले यो कार्यक्रमका माध्यमबाट करिब ७० हजार म्याण्डेज (प्रतिदिनको काम )देखि १ लाख म्याण्डेजको काम दिने लक्ष्य लिएको छ । यस्ता अन्य कार्यक्रम ल्याउने र पर्यटन श्रमिकलाई राहत दिने सोचमा बोर्ड रहेको छ । हामी अहिले पहिला भन्दा अझै अग्रसर भएर काम गरिरहेका छौँ, यसले पक्कै पनि सरकारात्मक सन्देश रिजल्ट दिन्छ भन्ने हाम्रो विश्वास हो । ’ उहाँले भन्नु भयो । उहाँले पर्यटनलाई चलायमान बनाउन बोर्डको मात्र एकल प्रयासमात्र पर्याप्त नभएको भन्दै सहकार्यबाटै पर्यटनलाई चलायमान बनाउन सकिने धारणा राख्नु भयो ।

ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुम बहादुर सुवेदीले नेपालको समग्र पर्यटनमा टे«किङ क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यो संकटमा त्यो क्षेत्रको श्रमिकहरुलाई बचाई राख्न सकेमा मात्र भोलिका दिनमा काम गर्न सजिलो हुने धारणा राख्नु भयो । सवेदीले टानले नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर पर्यटन विकास र प्रवद्र्धनको कामलाई अघि बढाउने बताउनु भयो ।

यस्तै बोर्डका निर्देशक मणिराज लामिछानेले कोभिडको कारण सिर्जित समस्यालाई आत्मसात गर्दै पर्यटलाई चलायमान बनाउने दायित्व सरोकारवालामाथी आएकोले यसप्रकारका कार्यक्रमले पर्यटनमा आवद्ध जनशक्तिलाई टिकाइराख्न सहज हुने बताउनु भयो । टानका महासचिव सरिता लामाले कोरोनाकोबीचमा पनि टानले विभिन्न कामहरु गर्दै आइरहेको जानकारी दिँदै युनडिपि र पर्यटन बोर्डबीचको यो सहकार्यले पर्यटन मजदुरलाई ठूलो राहत पुग्ने बताउनु भयो । बोर्डले यस अघि होटल एशोसिएसन नेपाल (हान) , नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) र नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेस्निस (नारा) सँग यस प्रकारको सम्झौता गरिसकेको छ । यसबाट विशेषगरी पर्यटन क्षेत्रका श्रमिक तथा मजदूरलाई राहत पुग्ने छ । दुई वर्ष ६ महिना अवधिको परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर तथा युएनडिपीका तर्फबाट १० लाख ५० हजार सहलगानी गरी कूल २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरिनेछ । विशेषगरी पर्यटन क्षेत्रका करिब ५ हजार मजदूरलाई अल्पकालीन रोजगारी सिर्जना गरि राहत पु¥याईने परियोजनाको लक्ष्य छ । यस्तै बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरि थप दुई हजारभन्दा बढीलाई रोजगारी दिइने लक्ष्य लिएको छ ।

Please follow and like us: