प्रेस विज्ञप्तीMonday, September 13th, 2021
कोभिड महामारीले गर्दा विगत डेढ वर्ष देखि बन्दाबन्दीमा खुम्चिएको हाम्रो समाज र अर्थतन्त्र सुरक्षाका उपायहरु अपनाउँदै र अंगाल्दै चलायमान बनाउन बेला भैसकेको छ । यस अवधिमा खोप लाउने कार्यलाई तीव्रता (भ्याक्सिनेसन) दींदै , संक्रमितहरुको यथासिघ्र पहिचान र उपचारको व्यवस्था (कन्ट्याक्ट टेसिंग तथा टिटमेन्ट) गर्दै, र संक्रमण फैलिन नदिन व्यापक तालीम तथा जन चेतना (म्यासिभ अवरनेस)का कार्यक्रमहरु नियमित रुपमा गर्दै विश्वका धेरै देशहरुमा जिविका, पेशा, उद्यम, उद्योग र व्यवसाय पुनःसुचारु गरि सकिएको छ । यहि सेरोफेरोमा विश्वका धेरै देशले आन्तरिक तथा बाह्य रुपमा आवतजावत गर्नका लागि वातावरण सहज बनाउँदै गैरहेका छन बर्तमान संकटका बिच पनि ।
मावन जातीका लागि स्वास्थ्यको पाटो जति महत्वपूर्ण हो त्यतीकै महत्वपूर्ण सामाजीक र आर्थिक पाटो पनि हो । यस महमामारी र त्यसबाट सृजित बन्दाबन्दिले ठुलो मार पर्यटन उद्योगमानै परेको छ जुन एक ठाउँबाट अर्को ठाउँमा ट्राभल गर्दा गरिने गतिविधिहरुले सृजित हुने अर्थतन्त्र हो । यहि महामारीका कारण होटल, रिजोर्ट, ट्राभल, ट्रेकिंग, ¥याफ्टिंग, एअरलाइन्स, यातायात, हस्तकला तथा उपहार सामग्री, रेस्टुरेन्ट जस्ता पर्यटन क्षेत्रबाट प्रत्यक्ष रुपमा हुने अर्बोैंकोे आय गुमिरहेको छ । सन् २०१९को तुलनामा २०२० मा आउने पर्यटक आगमन संख्यामा ८१ प्रतिशत ले गिरावट आएको छ । प्रत्यक्ष, अप्रत्यक्ष र यस्को प्रत्यक्ष सप्लाई चेन गरी पर्यटन क्षेत्रमा सृजित करीब १० लाख जनशक्तिको रोजगार संकटमा छ । ४ खर्ब भन्दा बढीको बैंक तथा वित्तिय क्षेत्रको मात्रै लगानी रहेको पर्यटन क्षेत्र निकै जोखिममा छ । करीब २५ प्रतिशत भन्दा बढी पर्यटन व्यवासाय तथा उद्यमीहरु फेरी कहिल्यै पुनर्जिवित नहुने गरी बन्द भएका छन् र छिटै पुनरुत्थानका उपाय खोजिएन भने यो दर झनै बढ्ने छ । व्यवसायीको लगानी डुब्नु भनेको राज्यको आयस्रोत पनि गुम्नु हो र राष्टिय उत्पादकत्व घट्नु हो ।
नेपाल सरकारबाट निजी क्षेत्रको सहकार्यमा पर्यटनका महत्वपूर्ण क्षेत्रका लागि एक सुरक्षा प्रोटोकल सार्वजनिक भैसकेकोे छ । आन्तरिक र अन्तर्राष्ट्रिय आवागमन पनि सुचारु गरि सकिएको छ । पर्यटन उद्योगलाई बचाउन र फेरी पुरानै लयमा फर्काउन गर्नु पर्ने कामहरुको सूची लामै हुन सक्दछ । सबै कामहरु एकै पल्ट शुरु गर्न र सम्पन्न गर्न सम्भव पनि छैन । तसर्थ हाललाई पहिलो पाइला स्वरुप निम्नकार्यहरु उच्च प्राथमिक्ताका साथ तत्काल गर्ने व्यवस्था हुनका लागि हामी सम्पुर्ण पर्यटन व्यवसायी तथा पेशाकर्मीहरु नेपाल सरकार समक्ष निम्नानुसारका तीन वटा माग÷सुझाव जोडदार रुपले राख्दछौं ।
१) पूर्ण भ्याक्सिन लगाइसकेका र नेपाल आइपुग्दा ९६ घन्टा ननाघेको PCR Negative report लिएर आउने यात्रीलाई बिना क्वारेन्टाइन प्रवेश र सहज यात्राको वातावरण निर्माण
२) भिजा–अन अराइभल को व्यवस्था पुनः लागु गर्ने
३) नेपालको पर्यटनमा कार्यरत अधिकांश सेवा प्रदायक पर्यटनकर्मी र मुख्य गन्तव्यका स्थानिय समुदायले पनि पूर्ण मात्राको भ्याक्सिन लगाइसकेकाले यस सम्बन्धमा सकारात्मक सन्देश फैलाउन एउटा टाभल एडभाइजरी जारी गर्ने ।
An interaction program with the representatives of private sectors to discuss the Revival of Tourism in post COVID 19 scenario was organized in the office of Nepal Tourism Board (NTB) in Bhrikutimandap, Kathmandu.
The private sector urged the government to create a conducive environment for the tourists to visit Nepal if s/he is fully vaccinated or have the PCR Negative report of 96 hours. They were of the view that the provision of quarantine for the tourists should be removed immediately.
Similarly, the representatives of the private sector working in the tourism sector drew the attention of the government to bring into effect the on-arrival visa system.
The service providers and the tourism entrepreneurs were of the view that the travel advisory to disseminate the positive information on successful conduction of the vaccination programme in the community level and the major tourist destination where the tourists frequently pay a visit.
The program was participated in by the Nepal Association of Tour and Travel Agents (NATTA), Trekking Agency Association of Nepal (TAAN), Hotel Agency of Nepal (HAN) journalists from various media houses, representatives from the private sector and people from different walks of life.
Download
Photos / Maps / Brochure ...- • CustomGallery
- • Visa Recommendation
- • Protocol
- • NTB bylaws and procedure
- • Enlistment Files
- • Placemat Designs
- • COVID-19 Safety & Hygiene Protocol for Tourism Industry
- • Forms
- • Curriculum & References
- • Booklets / Brochures
- • Logo
- • Map
- • Mountaineering in Nepal
- • Multimedia
- • Nepal Tourism Statistics
- • NTB Budget
- • Photos
- • Presentation / Documentaries / Montage