Official trade website of Nepal Tourism Board
Nepal Tourism Board > Updates > Situation Updates > Interaction & Discussion With International Partners for Sustainable Development & Tourism Recovery

Interaction & Discussion With International Partners for Sustainable Development & Tourism RecoveryFriday, January 14th, 2022

Nepal Tourism Board (NTB) met with major international donor organizations to discuss working with new sustainable tourism strategies in a new situation.

The discussions focused on the national tourism recovery in the wake of the pandemic and the ongoing Sustainable Tourism Livelihood Recovery Project (STLRP) initiated in partnership by NTB and UNDP-Nepal, for support of tourism workers during the pandemic. Nepal Tourism Recovery Strategy 2021, Tourist Vehicle Operation Guidelines, and Food and Beverage Service Standards were also discussed during the program.

Program was held in Kathmandu, during which the CEO of the Nepal Tourism Board, Dr. Dhananjay Regmi, stated that NTB did a lot of work during the COVID-19 crisis. According to Dr. Regmi the STLRP project has created short-term employment for about 6,000 tourism workers who constructed 19 hiking routes, 6 tourist shelters, 15 kms cycle lane, reconstructed 75 kms of footpaths while 7 wooden bridges have been constructed and 11 have been repaired, developing new products for tourism. The project, which was carried out in collaboration with 38 municipalities in 23 districts, stretched from Kanchenjunga in the east to Kanchanpur in the west, and from Lumbini, Janakpur in the Terai to Humla, Dolpa and Solukhumbu in the mountains.

Similarly, Ms. Isoni Lawe, Resident Representative of the United Nations Development Program (UNDP), appreciated the partnership between UNDP and Nepal, which has been on since the NTB inception of NTB. “The project’s success is achieving the goal that the project set for itself,” she explained. She also informed that UNDP has been working in collaboration with Gandaki and Far Western Provinces for the development of the tourism sector.

During the program, Mr. Mani Raj Lamichhane, Director of Research Planning and Monitoring, NTB and National Project Coordinator of STLRP, mentioned that not only short-term employment, but tourism products have also been created through STLRP. He was positive that the program would play an important role in the development of sustainable tourism. The event was attended by representatives from UNDP, World Bank, IFC, USAID, SNV, UN Habitat, Malaysian Embassy in Nepal, and other organizations.

 

पर्यटन बोर्डद्धारा दीगो पर्यटन रणनीतिबारे दातृ निकायसँग छलफल पर्यटन पुनःरुत्थानको लागि दातृ निकायको सहयोगमा जोड

नेपाल पर्यटन बोर्डले नयाँ परिस्थतीमा दीगो पर्यटनका नयाँ रणनीतिकासाथ काम गर्ने विषयमा दातृ निकाय एवं कुटनीतिक नियोगसँग छलफल गरेको छ । बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँगको सहकार्यमा जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीअएआरपी)अन्र्तगत देशभर भएका कामबारे जानकारी दिँदै नेपाल पर्यटन पुनःरुत्थानको रणनीति २०२१ बारे दातृ निकाय एवं कुटनीतिक नियोगसँगसँग छलफल आयोजना गरेको हो ।कार्यक्रममा बोर्डले तयार पारेको नेपाल पर्यटन पुनःरुत्थानको रणनीति २०२१, पर्यटकीय सवारी सञ्चालन मार्गनिर्देशन, र फुड एण्ड वेभरेज सर्भिस स्टान्डर्डका बारेमा जानकारी गराइएको थियो ।

शुक्रवार काठमाण्डौंमा आयोजित कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख तथा एसटीएलआरपी परियोजनाका राष्ट्रिय परियोजना निर्देशक डा. धनन्जय रेग्मीले कोभिड १९ को संक्रमण र यसले पारेको प्रभावका बीच पनि नेपाल पर्यटन बोर्डले विभिन्न रचनात्मक कामहरु गरेको जानकारी दिँदै पछिल्लो परस्थितीमा पनि नयाँ रणनीतिका साथ काम गर्नु पर्ने अवस्था आएको बताउनु भयो । ‘कोभिड १९ को कारण विगतको समय हामी सबैका लागि कठिन नै रह्यो । तर पनि हामीले केही रचनात्मक कामहरु ग¥यौं । जसमा पर्यटक खोज तथा उद्धार, आन्तरिक पर्यटन प्रवद्र्धनमा सामाजिक जागरणका कार्य,टाभल प्रोटोकल अपडेट जस्ता कार्य निरन्तर ग¥यौं जसको कारण बोर्डले बेलायतमा वन्डरलस्ट अर्वाड प्राप्त ग¥यो । कोभिडको नयाँ भेरियन्टले गर्दा तत्काल परिस्थती सहज बन्ने अवस्था देखिँदैन । यद्यपी यो क्षेत्रलाई बचाई राख्न केही न कही गर्ने पर्ने अवस्था छ त्यसको लागि नयाँ साझेदार आवश्यक रहकोले सहकार्यको लागि म दातृ निकायलाई अनुरोध गर्दछु । ’डा. रेग्मीले भन्नु भयो । उहाँले एसटीअएआरपी परियोजनाबाट करिब ६ हजार पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी सिर्जना,१९ वटा हाइकिङ रुट निर्माण,१५ किलोमिटर साइकलमार्ग निर्माण,७५ किलोमिटर पदर्मागको पुनर्निर्माण र ५७ किलोमिटर नयाँ विकास, छ वटा  पर्यटकीय सेल्टर निर्माण, सातवटा काठे  पुल निर्माण तथा ११ वटाको मर्मत सम्हार गरिएको जानकारी दिँदै यसले पर्यटनका लागि नयाँ प्रडक्ट समेत विकास गरेको बताउनु भयो । परियोजनाले २३ जिल्लाका ३८ वटा पालिकासँगको सहकार्यमा र्पूर्वको कञ्चनजंघा देखि सुदुरपश्चिमको कञ्चनपुरसम्म र तराईमा लुम्बिनी जनकपुर देखि हिमालमा हुम्ला डोल्पा, सोलुखुम्बुको करिब ५ हजार मिटर उचाइसम्म काम गरेको थियो ।

कार्यक्रममा राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का आवासिय  प्रतिनिधी आइसोनी लावेले नेपाल पर्यटन बोर्डको शुरुवाती चरण दखि नै युएनडीपीले बोर्डसँग काम गरेको स्मरण गर्दै कठिन समयका बाबजुद बोर्डले एसटीएलआरपी परियोजना अन्तरगत गरेका कामहरु मह्वपूर्ण रहेको बताउनु भयो । कठिन समयमा कुनै पनि काम गर्न गाहे छ, त्यसमा पनि कोभिडले सबैभन्दा बढि प्रभावित क्षेत्र पर्यटनमा यस प्रकारका कार्यहरु झनै आवश्यक थियो ; त्यसैले हामीले बोर्डसँग मिलेर यो काम ग¥यौं ।  परियोजनाले जुन लक्ष्य लिएको थियो त्यो हासिल गर्नु नै परियोजनाको उपलब्धि हो ।’ उहाँले भन्नुभयो । यस्तै उहाँले पर्यटन क्षेत्रकै विकासका लागि युएनडीपीले गण्डकी र सुदूरपश्चिम प्रदेशसँग पनि सहकार्य गरि कामहरु अगाडी बढाइएको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय परियोजना संयोजक मणिराज लामिछानेले पर्यटनसँग सम्बद्ध टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान),नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्स् (नाटा),होटल एशोसिएसन नेपाल (हान),नेपाल एशोसिएसन अफ राफिटिङ«« एजेन्सिज (नारा) र लगायतका संस्थाहरू तथा स्थानीय तहसँगको सहकार्यमा एसटीएलआरपीको माध्यमबाट अल्पकालीन रोजगारी सिर्जना मात्र नभई पर्यटकीय प्रडक्ट समेत तयार भएको उल्लेख गर्नुभयो । उहाँले  यसबाट दीगो पर्यटन विकासमा मह्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा युएनडीपीसँगै,वल्र्ड बैंक, आइएफसी, युएस एड, एसएनभी, युएन हेबिट्याट, नेपाल स्थित मलेसियन दुतावास लगायतका  संस्थाबाट प्रतिनिधीहरू सहभागी रहनु भएको थियो ।

Please follow and like us: