East Travel Mart – Press ReleaseMonday, March 28th, 2022
Post Covid tourism revival has gained momentum in tourism destinations and Nepal has taken a lead among the neighboring Indian states. Nepal Tourism Board, a National Tourism Organization of Nepal, has been proactively organizing tourism marts in provincial level to showcase Nepal’s diverse tourism products and effectively marketing Nepal in regional Indian market.
The post covid revival has been a major impetus Nepal has exerted in the wake of lifting of travel restrictions and has drawn positive indicators to Nepal’s tourism. The increasing number of visitor’s arrival to Nepal from India in last two months has provided the much needed boost to Nepal’s recovery towards resurgence of tourism economy. India stands as the largest source market to Nepal with an estimated 2 million gross Indian visitors via both air and land.
To target the Indian market, Nepal Tourism Board has initiated the concept of tourism Marts in all 7 provinces collaborating with Provincial governments. In this regard, with the aim of promoting the tourism products of Bardiya, Nepalgunj and Karnali Province, Nepal Tourism Board and Nepalgunj Sub-Metropolitan City successfully organized Western Tourism Mart (WTM) 2022 in Nepalgunj from 10th -12th March, 2022 with the tagline, Gateway of Karnali. This mart has enhanced the cross border tourism directly connecting the Indian Tourist to major source market of Nepalgunj and Karnali Province.
Similarly, Nepal Tourism Board, Dharan Sub-Metropolitan City and Province 1 Tourism Associations is all set to organize the 3rd edition of East Tourism Mart 2022 (ETM) from 25th-27th March 2022. This Mart has targeted the major Indian travel tour operators from Siliguri, Sikkim, Bihar, Purniya and other areas of North-east India. The mart is all set to welcome more than 100 travel tour operators and media providing them B2B opportunities. Likewise, to promote the tourism products of Farwest Province, Nepal Tourism Board and Dhangadi Sub-Metropolitan City is all geared to organize Farwest Travel Mart 2022 with the tagline Beautiful Farwest : Sukla to Api Saipal from 8th -10th April, 2022.
Nepal’s unrivaled geographical feature is perfectly intertwined with its immense cultural diversities. Further, the unparalleled exuberance of its natural beauty and stupendous thrill of adventure activities have positioned Nepal as one the most sought after destinations globally. Change in trends and sensibilities of tourism in post covid pandemic time has given much hope to the himalayan state of immediate recovery from the fallout of global health crisis.
24th March, 2022
Dharan, Nepal
नेपाल पर्यटन बोर्ड
प्रेस विज्ञप्ति
१३ चैत्र २०७८, धरान
प्रदेश नं. १ का पर्यटन व्यवसायीहरूको व्यवसायिक विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत-बजारका टुर अपरेटरहरूसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न तथा यस प्रदेश वरपरका क्षेत्रहरुको पर्यटन गतिविधिहरुको अभिवृद्धि गर्न नेपाल पर्यटन बोर्ड र धरान उपमहानगरपालिकाको मूल आयोजना तथा प्रदेश नं १ का निजी क्षेत्रका व्यवसायीहरुको आयोजनामा सुनसरीको धरानमा २०७८ चैत्र ११ देखि १३ गते (तद्नुसार मार्च २५-२७, २०२२) सञ्चालित ३ दिने East Tourism Mart 2022 (ETM) सफलतापूर्वक सम्पन्न भएको छ । । राष्ट्र्रिय पर्यटनको पुनरुत्थानको लागि स्थानीय तथा प्रदेशस्तरमा पनि पर्यटन पुनरुत्थानको सम्भावना र प्रयासलाई अझ टेवा पुगोस भन्ने उदेश्यले यी मार्टहरु आयोजना गरिएको हो । सन् २०१८ देखि नै धरानमा सफलतापूर्वक आयोजना गर्दै आइरहेको ईष्ट टुरिज्म मार्ट २०२२ यसको तेस्रो संस्करण हो ।
माननीय मुख्यमन्त्री राजेन्द्र कुमार राईज्यूबाट पानसमा दीप प्रज्वलन गरी श्री पब्लिक हाईस्कुल परिसरमा मिति २०७८ चैत्र ११ गते मार्टको विधिवत उद्घाटन गरिएको थियो । उद्घाटन समारोहमा धरान उपमहानरपालिकाका मेयर श्री तिलक राईले धरान र यस वरपरका क्षेत्रहरुको पर्यटन प्रवद्र्धनका लागि मार्टको आयोजना गरिएको र यस मार्टले प्रदेश नं. १ लाई आतिथ्यताको क्षेत्रमा थप स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालको लागि भारत सबैभन्दा ठूलो बजार भएकोले बोर्डले भारतीय सिमावर्ती शहरहरुलाई लक्षित गरी त्यहाँका टुर अपरेटहरुलाई मार्टमा आमन्त्रण गरेको बताउनुभयो । उक्त दिन भारतीय साइकल एसोशियसनका करिब १५ जना साइकल यात्रीहरु बिहारको पूर्णियाबाट धरानसम्म साइकल यात्रा गरी मार्टमा सहभागी भएका थिए ।
पूर्वी नेपाल क्षेत्रको पर्यटन प्रवद्र्धन गरी भारतीय बजारमा बजारीकरण गर्न भारतीय सिमावर्ती शहर सिलिगुढी, सिक्किम, आसाम, पुणर्िया, दरबङ्गा, जोगबनीबाट करिब १०० जना टुर अपरेटर र सञ्चारकर्मीहरुलाई मार्टमा सहभागी गराई स्थानीय टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरु बीच व्यवसायिक छलफल गराईएको थियो । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सातै प्रदेशका पर्यटकीय आकर्षणहरु समावेश गरी स्टलहरु निर्माण गरिएका थिए भने स्थानीय टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरुले समेत स्टलमा सहभागी भई प्याकेजहरुको प्रवद्र्धन गरेका थिए । यसैगरी प्रदेश नं. १ का १४ वटै जिल्लाहरुको उक्त स्टलमा सहभागिता रहेको थियो ।
मार्टमा सहभागी भारतका टुर अपरेटर तथा मिडियाकर्मीहरुलाई मार्टको दोस्रो दिन धरान वरपरका धार्मिक गन्तव्यहरु अवलोकन गराईएको थियो । सोही दिन क्भििभच ःभभत कार्यक्रमको समेत आयोजना गरिएको थियो जसमा मार्टमा सहभागी सम्पूणर् पर्यटन व्यवसायीहरुबीच व्यवसायको प्रवद्र्धन तथा विस्तारको सम्बन्धमा अन्र्तिक्रया तथा छलफल गराईएको थियो । उक्त कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले भारतीय टुर अपरेटहरुको परिचयात्मक भ्रमणबाट प्राप्त अनुभवको आधारमा भारतीय बजारमा यस क्षेत्रको भ्रमण प्याकेजहरु बिक्री गर्न सहज हुने धारणा राख्नुभएको थियो । उहाँले स्थानीय टुर अपरेटहरुले भारत लक्षित टुर प्याकेजहरु बनाई भारतीय अपरेटरहरु मार्फत् पर्यटकहरुलाई नेपाल भ्रमणमा ल्याउन पहल गर्नुपर्ने बताउनुभयो । साथै, भारतबाट सहभागी भएका टुर अपरेटरहरु र स्थानीय पर्यटन व्यवसायीहरु बीच व्यवसायिक अन्तरक्रिया गराई यस क्षेत्रका टुर प्याकेजहरुको बिक्री प्रवद्र्धन गरिएको थियो । आठ हजारमाथिका १४ हिम शिखरहरुको सफल आरोहण गर्न सफल हिमाल आरोही श्री मिङ्गमा शेर्पाज्यूले कार्यक्रमको दोश्रो दिन आफ्ना अनुभव बताउनुभएको थियो ।
मार्टको अन्तिम दिन चैत्र १३ गते एक समारोहको आयोजना गरी विधिवत् रुपमा मार्ट समापन गरिएको छ । उक्त समारोहमा मार्टमा सहभागी भारतीय अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने नेपालका सहभागीहरुलाई प्रमाणपत्र सहित मायाको चिनो प्रदान गरिएको थियो । समापन समारोहका प्रमुख अतिथि धरान उपमहानरपालिकाका मेयर तिलक राईले मार्टको होस्ट सिटी धरान भएकोमा खुशी व्यक्त गर्दै कार्यक्रममा सहभागी हुन भारतबाट आउनुभएका टुर अपरेटर र मिडियाकर्मीहरुलाई विशेष धन्यवाद दिदैै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा मार्टले टेवा दिने विश्वास व्यक्त गर्नुभयो । यसैगरी नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक श्री हिकमत सिंह ऐरले प्रदेश नं. १ को पर्यटन प्रवद्र्धन गरी पर्यटकीय गतिविधिहरुको अभिवृद्धि गर्ने उद्देश्यका साथ स्थानीय सरकारको अग्रसरतामा मार्टको आयोजना गरिएको कुरा व्यक्त गर्नुभयो । धरानमा ठूला होटलहरु बनाई अझ सशक्त ढङ्गले प्रचार प्रसार गरेमा धरान र प्रदेश नम्बर १ कै पर्यटन गतिविधि बढ्ने पनि वहाँले बताउनुभयो । समापन कार्यक्रममा संयोजक भविष कुमार श्रेष्ठले पनि बोल्नु भएको थियो ।
यस मार्टको आयोजनाले कोभिड पछि शिथिल बनेको पर्यटन क्षेत्र तथा व्यवसायमा सकारात्मक उर्जा प्रवाह गराउँदै स्थानीय पर्यटकीय गन्तव्य तथा गतिविधिहरुको प्रचार प्रचार हुन गई यस क्षेत्रमा पर्यटक आगमन संख्या बढ्न जाने अपेक्षा गरिएको छ ।
Download
Photos / Maps / Brochure ...- • CustomGallery
- • Visa Recommendation
- • Protocol
- • NTB bylaws and procedure
- • Enlistment Files
- • Placemat Designs
- • COVID-19 Safety & Hygiene Protocol for Tourism Industry
- • Forms
- • Curriculum & References
- • Booklets / Brochures
- • Logo
- • Map
- • Mountaineering in Nepal
- • Multimedia
- • Nepal Tourism Statistics
- • NTB Budget
- • Photos
- • Presentation / Documentaries / Montage